घो राही, २४ जे ठ । घोराही उपमहानगरपालिका–४ का स्थानीयले खाद्यअधिकार हनन भएको भन्दै घोराही सिमेन्ट उद्योग विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
राज्यसग गरिएका सम्झौता र नियमविपरीत कार्यगरी स्थानीय जनताको खाद्यअधिकारलगायत स्वच्छ, स्वस् थरुपमा बाच्न पाउने अधिकार कुण्ठित गरे को भन्दै आयो गको क्षे त्रीय कार्यालय ने पालगञ्जमा उजुरी दर्ता गरिएको सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोकार समिति लक्ष्मीपुरका संयोजक भरतराज देवकोटाले जानकारी दिए ।
गत बैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदा सुनुवाइ नभएको भन्दै सिमेन्ट उद्योग प्रभावितहरुले न्यायका लागि जेठ १२ गते मानवअधिकार आयोगमा उजुरी दिएको बताएका छन् ।
सयौ पटक उद्योग प्रशासन, त्यत्तिनै पटक स्थानीय प्रशासनलाई पनि समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाइ नभएकोमा स्थानीय आक्रोशित भएका छन् । ‘उद्योग प्रशासनलाई पनि भन्यौ । जिल्ला प्रशासन, प्रहरीलाई पनि भन्यौ ’– उद्योग प्रभावित एवं सरोकार समितिका सल्लाहकार डा. गोविन्द आचार्यले भने– कतै सुनुवाइ नभएपछि राष्ट्रिय मानवअधिकार आयो गमा उजुरी दिएका छौ । त्यहाबाट सुनुवाइ हुन्छ कि भन्ने आशा छ ।’
नयाँ युगबोधबाट











