काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा भारतले बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरी बधाई दिएको मोदीले ट्वीट गरी जानकारी दिएका छन् । ‘श्री देउवाको नेतृत्वमा नेपालले शान्ति समृद्धि र प्रगतिको बाटोमा अगाडि बढोस् भन्ने शुभकामना उहाँलाई दिन चाहन्छु,’ उनले ट्वीटमा लेखेका छन् ।

Untitled-1 copyभारतीय प्रधानमन्त्री मोदीले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवाको सचिवालयले जनाएको छ । राजधानीमा खबर छ । जवाफमा नव निर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त दिएका थिए ।

यसैगरी, नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा नेपालको प्रधानमन्त्रीमा निवाएचित भएकोमा चीनले बधाई दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।