घोराही १९ जेठ । नेकपा एमाले दाङले आउँदो असार १४ गते हुन लागि रहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आफ्ना सबै उम्मेदवारहरु सार्वजनिक गरेको छ । एमाले केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीका अनुसार पार्टीको तर्फबाट सबै ठाउँमा उमेदवार छनौंट गरिएको भएपनि केही ठाउँमा भने तालमेलको कुरा भइरहेकाले उमदेवारको नाम फरक हुन पनि सक्नेछ ।

UML-flagएमाले दाङले स्थानीय तहको निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरीलाई अगाडि बढाएको छ । चौधरी एमाले दाङका पूर्वअध्यक्ष पनि हुन् । यसैगरी एमालेले उपमेयरमा चर्चित महिला नेतृ सीता न्यौपानेलाई अगाडि सार्न लागेको छ ।

त्यस्तै एमालेले यस पटक वडा अध्यक्ष र सदस्यकारुपमा विभिन्न चर्चित अनुहारहरुलाई अगाडि सारेको छ । मेयर र उपमेयरमा चर्चा चलेका चर्चित अनुहारहरु विवेक श्रेष्ठ, कैलाश रोका, भरत अर्याल, लक्षिण बुढा, सुदन केसीहरु पनि विभिन्न वडाको अध्यक्षमा एमालेको तर्फबाट निर्वाचन भिड्दैछन् । एमालेले सदाझै यसपटक पनि आफ्ना उमेदवारहरुलाई सूर्य चिन्हमा निर्वाचनमा उतार्दैछ ।

एमालेले घोराहीको वडा नम्वर १ मा अध्यक्षका लागि राममणि पाण्डे, महिला सदस्यमा टोपाकुमारी पौडेयल, दलित महिला सदस्यमा जिवा सुनार, खुल्ला सदस्यतर्फ मदन न्यौपाने र छविलाल घर्ती, २ को अध्यक्षमा केशव आचार्य, मसमा यमि पुन, दमसमा हिमा देबी बिक र खुल्ला सदस्यमा टार्जन खड्का र गिरबहादुर केसी, २ मा अध्यक्षमा शालिकराम थापा, मसमा जानका चौधरी, दमसमा नारायणी विक, खुल्ला सदस्यमा रामबहादुर बुढा र रामप्रसाद चौधरी, ४ को अध्यक्षमा मा भीमबहादुर सार्की, मसमा रचनी चौधरी, दमसमा लिला गोतामे, खुल्लातर्फ शशिधर पन्त र भीमबहादुर कवरलाई चयन गरिएको छ ।

यसैगरी वडा नम्वर ५ को अध्यक्षमा विवेक बुढाथोकी, मसमा बसन्ती महरा, दमसमा पुष्मा नेपाली, खुल्लातर्फ विष्णु बिक र अमित शर्मा, ६ को अध्यक्षमा थुरेन्द्रबहादुर वली, मसमा बसन्ती चौधरी, दमसमा अनिता नेपाली, खुल्लातर्फ अविन चौधरी र लौटन चौधरी, ७ को अध्यक्षमा खोपीराम चौधरी, मसमा सशीला चौधरी, दमसमा गोमा नेपाली, खुल्लातर्फ छन्दबहादुर केसी र दीपक चौधरी, ८ को अध्यक्षमा कृष्णबहादुर चौधरी, मसमा सीता शाह, दमसमा दुर्गा सार्की, खुल्लातर्फ चौधरी चौधरी र दामोदर डाँगी चयन गरिएको छ ।

यसैगरी वडा नम्वर ९ को वडा अध्यक्षमा मानबहादुर बस्नेत, मसमा सस्मोती चौधरी, दमसमा लक्ष्मी हरिजंग, खुल्लातर्फ सिरामराम वली र मधुमति गौतम, १० को अध्यक्षमा सुदन केसी, मसमा चुमा चौधरी, दमसमा अमृता नेपाली, खुल्लातर्फ लालमणि चौधरी र काशीराम खनाल चयन भएका छन् । त्यस्तै एमालेले घोराही उपमहानगरपालिकाको वडा नम्वर ११ को अध्यक्षमा कुलबहादुर लामीछाने, मसमा मालिमैया चौधरी, दमसमा विमला गन्धर्व, खुल्लातर्फ चित्रबहादुर डाँगी र ज्ञानेन्द्रबहादुर बस्नेत, १२ को अध्यक्षमा दोर्ण बहकरी, मसमा हरिमाया गौतम, दमसमा शान्ता विक, खुल्लातर्फ पुष्पा बिक र जयाबहादुर बुढा, १३ को अध्यक्षमा रबीलाल घर्ती, मसमा तिलकुमारी बुढा, दमसमा पवित्रा बिक, खुल्लातर्फ तिलक बुढामगर र केशव गिरीलाई चयन गरेको छ । घोराही उपमहानगरपालिकाको बजारक्षेत्र रहेको वडा नम्वर १४ मा एमालेले वडा अध्यक्षका लागि कैलाश रोका मगर, महिला सदस्यमा रुपा वली, दलित महिला सदस्यमा पम्फा नेपाली, खुल्ला सदस्यतर्फ आदित्य गौतम र टोपबहादुर घर्ती क्षेत्रीलाई निर्वाचनका लागि अगाडि सारेको छ ।

यसैगरी बजार क्षेत्र वडा नम्वर १५ मा अध्यक्षका लागि बुद्धि पौड्याल, महिला सदस्यमा देबीसरा केसी, दलित महिला सदस्यमा मालति सोनाम, खुल्लातर्फ पदम पौड्याल र नवराज न्यौपानेलाई अगाडि सारेको छ । वडा नम्वर १६ मा अध्यक्षका लागि लक्षिणप्रसाद बुढा मगर, मसमा खिमा घर्ती, दमसमा निमकुमारी नेपाली, खुल्लातर्फ मङ्गल चौधरी र जगत श्रेष्ठ, १७ मा अध्यक्षमा विवेक श्रेष्ठ, मसमा किरण चौधरी, दमसमा रिता नेपाली र खुल्लातर्फ दिपक चौधरी र विमल जैसी, १८ को अध्यक्षमा भरत अर्याल, मसमा लहिया चौधरी, दमसमा दिपा नेपाली, खुल्लातर्फ कृष्णबहादुर घर्ती र बुद्धिप्रसाद चौधरी, १९ वडाको अध्यक्षमा हर्कबहादुर घर्ती, मसमा जानका पुन, दमसमा बेलमति कामी, खुल्लातर्फ टंका रोका र शशीराम गिरीलाई निर्वाचनका लागि एमालेले चयन गरेको छ ।