काठमाडौं, १९ जेठ । दलहरुले सहमतिय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न नसकेपछि आइतवार प्रधानमन्त्रीका लागि चुनाव हुने भएको छ । संसद सचिवालयले जारी गरेको सूचना अनुसार जेठ २१ गते आइतवार संसदमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुनेछ । कार्यसूचि अनुसार शनिवार प्रधानमन्त्री पदका लागि उम्मेदारी दर्ता र भोलि नै उम्मेदवारीको सूचि प्रकाशित गरिने सूचनामा उल्लेख छ ।
जसका लागि भोलि विहान ११ देखि ४ बजेसम्म उम्मेदवारीका सूचना दर्ता गर्ने कार्यक्रम छ भने भोलि नै अपरान्ह साढे ४ मा प्रधानमन्त्रीका उम्मेदवारको सूचि प्रकाशित गर्ने बताइएको छ ।
पर्सी विहान ११ बजे संसद वैठक, प्रस्तावक र समर्थकले समर्थन र उम्मेदवारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसहितको सूचना संसद सचिवालयले जारी गरेको छ ।
