काठमाडौं, १८ जेठ । बुधवार रातिसम्म सहमतिय सरकार गठनका लागि आफूले दिएको सात दिनको समय दलहरुले गुजारेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् ।
आज बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपतिले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेकी थिईन । तर दलहरुबीच सहमति जुट्न असफल भएका थिए ।