बाँके, १८ जेठ । सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट चालु आर्थिक वर्षमा जिल्लाको १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ ।

siktaमूल नहरमा १८ हजार क्युसेक पानी छोडेर १८ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने तयारी भइरहेको आयोजनाले जनाएको छ ।
यसै आवमा बाँके जिल्लाको १८ हजार हेक्टर जमिनलाई सिँचाइ गर्ने योजनाका साथ अन्तिम चरणको काम भइरहेको सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विराट ज्ञवालीले जानकरी दिए ।

आयोजना समपन्न भएपछि जिल्लाको ४३ हजार बढी हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेकोमा चालु आवबाट सिँचाइ सुरु गरी सुरुमा १८ हजार हेक्टरमा सिचाइ पु¥याउने आयोजनाले बताएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनाले बाँकेका ६ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकाको ४३ हजार बढी जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।