तुलसीपुर, १६ जेठ । नेकपा माओवादी केन्द्रले तुलसीपुर उपनगरपालिकामा आफ्ना सबै उम्मेदवारको टुङगो लगाएको छ । जसअनुसार केही दिन पहिले मेयरमा शेषुराम भण्डारी र उपमेयरमा सीता ओली ‘बृक्षा’ लाई टिकेट दिइसकेको छ भने आज मात्रै सबै १९ वटै वडामा वडाअध्यक्षको उम्मेदवार तयार गरेको छ ।

avsनिर्वाचन परिचालन समितिको मंगलवार तुलसीपुरमा वसेको वैठकले उम्मेदवारको टुङगो लगाएको हो । वैठकले १ नं वडामा कृष्ण खत्री, २ मा प्रेमराज न्यौपाने, ३ मा प्रेमप्रकाश मल्ल, ४ मा तुलसी थापा मगर, ५ मा प्रेम योगीलाई उम्मेदवार बनाएको निर्वाचन परिचालन समितिका संयोजक रामजी चौधरी मिलनले जानकारी दिए। उनले दिएको जानकारी अनुसार वडा नं ६मा केएल भण्डारी, ७ मा प्रेम खनाल, ८ मा यमप्रसाद सुवेदी, ९ मा केशव वली, १० मा झग्गु चौधरी, ११ मा यज्ञ बहादुर वस्नेत, १२ मा केदारप्रसाद शर्मा आचार्य, १३ मा पुर्ण वहादुरखड्का रहेका छन् ।

यसैगरी वडा नं १४ मा लेखतकुमार पौडेल, १५ मा नवराज पुन, १६ मा शिवानन्द डाँगी, १७ मा मानसिङ सुनार, १८ मा शेषमणी कवर र १९ मा भिम बहादुर चौधरी उम्मेदवार रहेको संयोजक चौधरीले जानकारी दिए ।