घोराही, १६ जेठ । दोस्रो चरणमा हुन लागेको स्थानीय चुनावमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ मा एमाले र राप्रपा तालमेल गरेर चुनाव लड्ने भएका छन् ।

निर्वाचनमा जित हासिल गर्ने उदेश्यका साथ एमाले र राप्रपाविच घोराही उपमहानगरपालिका वडा नम्बर ७ मा तालमेल गरेर चुनाव लड्ने सहमति भएको ति दुइ दलले दावि गरेका छन् । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शोभा शाह र राप्रपा क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य दिपक थापाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरि वडामा तालमेल गरी चुनाव लड्ने निर्णय भएको र दुइ दलले उठाउने उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले विजयि गराउन पनि घोराही ७ का सम्पुर्ण वडावासीहरुलाई आग्रह गर्नु भएको छ ।

असार ९ गते हुने चुनावमा तालमेल गर्ने निर्णय गरेका एमाले र राप्रपाले विज्ञप्तीमार्फत वडा अध्यक्षसहीत ४ जना सदस्य एमालेलाई र एउटा सदस्य राप्रपालाई दिने सहमति भएको बताएका छन् । विज्ञप्तिमा निर्वाचनको प्रचार–प्रसारलाई तिव्रता दिनका लागि एमालेका विरबहादुर चौधरी संयोजक र राप्रपाका मंगलराम चौधरी सह–संयोजक रहेको निर्वाचन परीचालन कमिटि गठन गरेको उल्लेख गरीएको छ । साथै विज्ञप्तियहि आउदो जेठ २७ गते घोराही–७ स्थित साझा भवनमा विहान ११ बजे बृहत वडा भेला तथा उम्मेद्वार सार्वजनिक कार्यक्रम राखिएकाले उक्त कार्यक्रममा दुवै पार्टिका नेता, कार्यकर्ता अनिवार्य उपस्थिती गराउनेसमेत निर्णय भएको छ ।