काठमाडौ, १६ जेठ । हिजो मात्रै जेठ ३१ गते तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सारेर असार ९ बजाइयो । योसँगै जेठ ३१ का लागि बनाइएका केही प्रचापंप्लेटहरुमा टिपेक्स लगाउने काम चलिरहेको छ ।
तर, फेरि असार ९ लाई पनि हेरफेर गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको मुख्य पर्व रमजानलाई मध्यनजर गर्दै असार ९ को मितिमा पुनरावलोकन गर्ने संकेत दिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुस्लिम प्रतिनिधिहरुले असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचन मितिमा पूनर्विचार गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मागप्रति सकारात्मक रहेको प्रतिकृया दिएका छन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘आज तपाईंहरुलाई मैले नै यहाँ बोलाएको हुँ ।
हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छौं ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक संक्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ । तसर्थ, निर्वाचन गर्नैपर्छ । तर, रमजान पर्व प्रभावित नहुने व्यवस्था गर्न हामीले आवश्यक निर्णय गर्नेछौं ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिएका थिए ।जेठ १६, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ । हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छौं ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक संक्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ । तसर्थ, निर्वाचन गर्नैपर्छ । तर, रमझान पर्व प्रभावित नहुने व्यवस्था गर्न हामीले आवश्यक निर्णय गर्नेछौं ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिनुभयो ।
भेटमा मुस्लिम समुदायका प्रतिनिधिहरुले असार ९ गते रमझान पर्व पर्ने भएकाले मुस्लिम समुदाय निर्वाचनमा सहभागी हुन कठिनाई हुने बताउँदै असार ९ गतेको निर्वाचन सार्न र सो दिनका लागि कक्षा ११ को परीक्षासमेत स्थगित गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको थियो ।
