लक्ष्मण बस्नेत
२३ जेठ तुलसीपुर दाङ ।
दाङ जिल्ला अन्तर विद्यालय स्तरिय मिड वयष्र्टन कलेज अफ हस्पीटालिटी म्यानेजमेन्ट टि–२० क्रिकेट प्रतियोगितामा डिभाएन टेम्पल एकाडेमी, हिमाल एकाडेमी, लिटिल हेवन उमावी तुलसीपुर, पद्मोदय उमाबि र दिपशिखा उमाबिले विजयी सुरुवात गरेका छन ।
तुलसीपुरको अरनीको मैदानमा आइतबार देखी सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा राप्ति बाल एकाडेमीलाई ८ विकेटले पराजीत गर्दै डिभाएन टेम्पल एकाडेमी तुलसीपुरले विजयी सुरुवात गरेको हो भने सक्सेस एकाडेमी बेलुवालाई १० विकेटको फराकीलो अन्तरले पराजीत गर्दै हिमाल एकाडेमी तुलसीपुरले विजयी यात्रा सुरु गरेको हो ।
आइवारकै अर्को खेलमा गोरखा उमावि तुलसीपुरलाई ५१ रनले पराजीत गर्दै लिटिल हेवन उमाबि तुलसीपुरले विजयी यात्रा सुरु गरेको हो । त्रिशिद्धेश्वरी स्पोर्टस क्लब तुलसीपुरको आयोजना तथा मिड वयष्र्टन कलेज अफ हस्पीटालिटी म्यानेजमेन्ट तुलसीपुरको मुख्य प्रायोजन र एकता वुक्स डिस्टीव्युटर्स प्रालीको आधिकारी विक्रेता सुनिल स्टेशनरी तुलसीपुरको प्रायोजनमा संचालित प्रतियोगितामा टस जितेर व्याटिङ गरेको राप्ति बाल एकाडेमी ६ दशमलव ३ ओभरमा अलआउट हुदै मात्र १९ रन बनाउन सक्यो ।
बाल एकाडेमीका तर्फबाट कुनै पनि व्याट्म्यानले दोहोरो अंक जोड्न सकेनन् । वलिङ तर्फ डिभाएनका प्रकाश भण्डारी, गोविन्द भण्डारी, र केशव वलीले क्रमशः४,३ र २ विकेट लिन सफल भए । मात्र २० रनको विजयी लक्ष्य पाएको डिभाएनले ३ दशमलव २ ओभरमा लक्ष्य भेटाएको थियो । जसमा प्रकाश भण्डारीले १२ रन जोडेका थिए । वलिङमा राप्ति बालका सन्दीप डाँगीले २ विकेट लिए । खेलमा डिभाएनका प्रकाश भण्डारी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोश्रो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको सक्सेस एमाडेमीले ६ दशमलव २ ओभरमा अलआउट हुदै १८ रन मात्र बनाउन सक्यो । वलिङ तर्फ हिमालका नविन शर्माले २, सुशिल परियार, हिमांशु थापा, अभिशेष भण्डारीले समान १÷१ विकेट लिए । प्रतिउत्तरमा १९ रनको झिनो लक्ष्य पाएको हिमालले ६ ओभरमा लक्ष्य चु्म्न सफल भयो । खेलमा हिमालका नविन शर्मा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दिउसो भएको खेलमा टस जितेर व्याटिङ गरेको लिटिल हेवन १६ दशमलव २ ओभरमा अलआउट हुदै १ सय ३७ रन बनाउन सफल भयो । जसमा भिमसेन ओलीले सर्वाधिक ३०, प्रजोल राना १८, भरत न्यौपाने २२ र राजन रानाले १३ रन जोडेका थिए । वलिङमा गोरखाका मिलन धिताल, प्रविन शर्माले समान ३÷३ विकेट लिए भने मिलन छन््त्याल र संगम भण्डारीले समान २÷२ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ३८ रनको विजयी लक्ष्य पाएको गोरखा ८६ रनमै अलआउट भएको थियो । जसमा सुदिप बराली र सुवाष धितालले समान १९÷१९ रन जोडेका थिए । वलिङमा लिटिल हेवनका प्रजोल रानाले सर्वाधिक ६ विकेट लिए भने विकास नेपाली र राजन रानाले क्रमशः ३÷१ विकेट लिए । खेलमा लिटिलका प्रजोल राना म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै आइतबारकै अर्को खेलमा पर्ल एमाडेमी घोराहीलाई ८५ रनको फाराकिलो अन्तरले पराजीत गर्दै पद्मोदय उमाबिले विजयी सुरुवात ग¥यो भने आइतबारनै सम्पन्न अर्को खेलमा भ्यालिटप घोराहीलाई १ सय ३० रनको फराकिलो अन्तरले पराजीत गर्दै दिपशीखा उमाविले विजयी यात्रा सुरुवात गरेको छ । जेठ २९ गते सम्म चल्ने प्रतियोगितामा जिल्लामा स्थापीत निजी तथा सामुदायीक विद्यालय गरी १५ विद्यालयको सहभागिता रहेको छ ।।