इन्द्रेणी संवादाता
दाङ २३ जेठ
चट्याङ लागेर दाङमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा मानपूर ३ मजगाउ निबासी ५० बर्षीय मनकुमारी कुमाल रहेको प्रहरीले जनाएको छ ।
मानपूरको बैशंपूर भन्ने स्थानमा गाई चराउदै गर्दा उहाँलाई चट्याङ्गले लागेको थियो ।
चट्याङ्ले घाईते भएकी कुमालको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको दाङका प्रहरी प्रबक्ता प्रकासराज शर्माले जानकारी दिनुभयो ।
चट्याङ्ग लागेर दुई महिला घाईते भएका छन् । धनौरी ५ की ५५ बर्षीया रामप्यारी चौधरी र तुल्सीपूर ८ का ४५ बर्षीया हुमाकुमारी बस्नेत चट्याङ्ग लागेर घाईते हुनुभएको हो ।।