इन्द्रेणी संवाददाता

जेष्ठ २२, प्युठान पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी सहित प्यूठानका अन्य धार्मिक एवं पर्यटकिय गन्तव्यहरुको प्रर्वद्धन गर्ने उद्देश्यले शनिवार आयोजित प्रदेश नम्वर ५ स्तरिय ‘मिडिया सम्मेलन’ उद्घाटन गर्दै स्वर्गद्धारीलाई केन्द्र विन्दुमा राखेर मुलुकको धार्मिक पर्यटन क्षेत्रको विकास sammelanगरिने संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बलबहादुर महतले बताएका छन् ।। ‘आर्थिक सम्वृद्धिको प्रमुख आधार पर्यटन नै हो अनि यसक्षेत्रको विकासको आधार प्यूठान बन्न सक्छ ।’ भन्दै राज्य स्वर्गद्धारीको विकासमा प्रतिवद्ध रहेको राज्यमनत्री महतले बताए । आर्थिक सम्वृद्धिको पाटो केलाउने गरी कलम चलाउन आग्रह गर्दै उनले पर्यटन क्षेत्रका खवहरुलाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह समेत गरेका थिए । ‘स्वर्गद्धारीको विकासमा सदैव प्रतिवद्ध रहने छु,पर्यटन राज्यमन्त्री महतले भने,‘पूर्वाधार विकासविना यस क्षेत्रको विकास हुनै सक्दैन । कार्यक्रममा नेकपा एमालेका पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले भक्तजनहरुलाई पर्यटकको रुपमा विकास गर्ने गरी स्वर्गद्धारीको गुरुयोजना बनाउनुपर्ने तर्क गरे ।
सम्मेलनले पाँच नम्वर प्रदेशमा रहेका प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यहरुको विकासमा केन्द्रित रही पाँच वुँदे घोषणा पत्र जारी गरेको छ । स्वर्गद्धारी र लुम्विनीलाई केन्द्रित गर्दै देवदह, रानीमहल, श्रीनगर, रिडी, रेसुंगा, पाणीनी तपोभूमी, सुपादेउराली, नर्सिङस्थान, गौमुखी, ओखरकोट, ऐरावती, सुनछहारी, जलजला, रुन्टी, शिव गुफा, थवाङ, सिस्नेको एकिकृत विकासका लागि प्रदेश स्तरीय गुरुयोजना निर्माण गर्न सरकारसँग माग गरेको छ । त्यस्तै दाङको बाह्रकुने दह, अम्विकेश्वरी मन्दिर, धरमपानीमा रहेको एशिायाकै ठूलो त्रिशुल लगाएतका क्षेत्रको विकासमा जोड दिइएको छ । बाँके बर्दिया राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, गाई लेख, ठाकुरद्धारा, कर्णाली चिसापानी पुल, तिलौराकोट दरवार, जगदिशपुर जलाशलय क्षेत्र लगाएतको विकासमा राज्य गम्भिर बन्न माग गरिएको छ । लुम्विनी र स्वर्गद्धारीलाई समावेश गरी प्रदेश नम्वर पाँचको ‘लुम्विनी स्वर्गद्धारी प्रदेश’ नामाकरण गर्न समेत घोषणा पत्रमा समावेश गरिएको छ ।

श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने, स्थानीय विज्ञापन स्थानीय संचार माध्यमहरुलाई उपलव्ध गराउनुपर्ने, साना लगानीका संचारमाध्यमहरुको रक्षाका लागि विशेष कार्यक्रम र सूचना विभागबाट प्रदान गरिने प्रेस प्रतिनिधि प्रमाणपत्र एवं लोक कल्याणकारी विज्ञापन स्थानीय रुपमा नै प्रदान गर्ने व्यवस्था मिलाउन घोषणा पत्र जारी गरी माग गरिएको पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष इमानसिंह भारतीले बताए । सम्मेलनमा १२ जिल्लाका झण्डै २ सय अगुवा पत्रकारहरु सहभागी भएका थिए । कार्यक्रममा शाखाका प्यूठानका प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यहरु समेटिएको ‘भिडियो डकुमेन्ट्री’ प्रस्तुत गरिएको थियो । शाखाका पूर्व अध्यक्ष इमानसिंह भारतीले जिल्लाका विभिन्न पर्यटकीय एवं धार्मिक गन्तव्यहरुको वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । शाखाका निवर्तमान अध्यक्ष शुसिल पोख्रेलले जिल्लाका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा संचारमाध्यमको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘प्यूठान हाँसेको विमोचन
यसैविच, यूवा नेता सूर्य थापाद्धारा लिखित पर्यटकीय गित ‘प्यूठान हाँसेको’ विमोचन गरिएको छ । राज्यमन्त्री महतले यस गितको विमोचन गरेका हुन् । गितमा स्वर संगित शिवराज राउत, छायांकन एवं उत्पादन टंक केसी, सम्पादन विकास ज्ञवाली र निर्देशन विनोद भण्डारीले गरेका छन् ।
पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षता भएको कार्यक्रममा पर्यटन राज्यमन्त्री महतको प्रमुख अतिथ्यता भएको थियो । नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोसीको विशेष आतिथ्यतामा भएको कार्यक्रमको संचालन शाखा सचिव महाविर रानाले गरेका थिए ।