दिपवहादुर घर्ति
जाजरकोट, २३ जेठ
जाजकारकोटका विभिन्न ठाउँमा ४४ औं विश्व वातावरण दिवश २०७३ को अवसमा सवैलाई वातावरण मैत्री वनाईएको छ । पारस्थितिकीय प्रणालीलाई सन्तुलित गर्न सवैलाई वातावरण मैत्री वनाईएको हो । वातावरण दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा अनेक क्रियाकलापहरु सञ्चालन गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जाजरकोटका संयोजक विपिन कंडेलले वताउनुभयो ।
सदरमुकाम खलंगा, रिम्ना लगाएतका वजारको सरसफाई, सदरमुकाम विपी वाटीकामा वृक्षा रोपन गर्नुका साथै अन्तर विद्यालय वक्तित्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । पारस्थितिकीय प्रणालीलाई सन्तुलित वनाई राख्नलाई सवै र सधै वातावरण मैत्री वन्नु पर्ने कडेलको भनाई छ । कार्वनको विश्व संकटलाई समधान गर्नका लागी सवै निकाय जिम्मेवार वन्नु पर्ने जिल्लावासीको धारणा छ ।
विद्यालय स्तरमा अध्ययन गरिरहेका वालवालिकाहरुको वालसुलभ नै वातावरण मैत्री वनाउन सकेमा भविश्यमा उनीहरु जिम्मेवार वन्ने दिवसका अवसरमा धारणा व्यक्त गर्ने व्यक्तिहरुको भनाई थियो । आजको विश्व हाट वजारमा युरो डलरसंग कार्वनको व्यापार तथा कारोवार गर्नका लागी पारस्थितिकीय प्रणालीलाई जोगाई राख्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताउनुभयो ।
पारस्थितिकीय प्रणाली सन्तुलित नहुदा पछिल्लो दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा मिथेन, नाईट्रस अक्साइड, कार्वनडाइअक्साइड जस्ता हरितगृह ग्यासको उत्सर्जनले ओजनतह विनास गर्ने क्यालोरोफोरो कार्वन जस्ता अन्य विषाक्त ग्यासहरुको उत्सर्जन दिनानुदिन वढ्दै गईरहेको विज्ञहरुले वताएका छन । परावर्तित सुर्यका विकिरणहरु वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धी भई रहेको छ ।
तापक्रमको वृद्धी तथा पृथ्वीमा जलवायु परिवर्तनका कारण सन् १९०६ देखी २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले वढीरहेको देखाएको छ । त्यसैगरी सन् १९६१ र २००३ का विचमा समुन्द्र सतहमा प्रतिवर्ष १.५ मिलिमिटरले वृद्धि भएको तथ्याङ्कहरु सार्वजनिक गरिएका छन् ।।
