इन्द्रेण्नी संवाददाता
दाङ, २३ जेठ
नयाँ शक्ति नेपालको जेठ ३० गते काठमाण्डौमा हुने पार्टी घोषणा सभामा दाङवाट एक हजार वढि कार्यकर्ताको सहभागिता गराउने भएको छ । नयाँ शक्ति नेपाल दाङ जिल्ला कमिटिको शनिवार सम्पन्न वैैठकले घोषणा सभामा कार्यकर्ताहरुलाइ सहभागिव नाउनका लागि जनपरिचालन समिति चयन गरेको छ ।naya

जनपरिचालन समितिले घोषणा सभामा दाङवाट कार्यकर्ताहरुलाइ सहभागीता गराउन घोषणा सभावारे व्यापक परचार प्रशारका साथै आवश्यक रकमको समेत व्यवस्थागर्न वैठकले निर्र्णय गरेको छ ।

वैठकले त्यसका लागि जिल्लाका ५निर्वाचन क्षेत्रवाट ६लाख प्रत्यक केन्द्रिय सदस्य वाट एकहजार र जिल्ला सदस्यहरुवाट ५सयकादरले रकम संकलन गरी आर्थिक व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

नयाँ शक्ति नेपाल दाङ जिल्ला संयोजक धिरज शेर्पालीको अध्यक्षतामा बसेको बैठकले आगामी ३० गते काठमाण्डौमा हुन गइरहेको पार्टी घोषणा सभालाई सम्पन्न गराउन जनपरिचालनका लागी गठन गरेको समितिको पुरन्धारा संयोजकमा आइताराम कामी र निम बहादुर विक, बाघमारे शान्तिनगर संयोजकमा खम्बु चौधरी र रुद्र केसी, धनौरी श्रीगाउँ संयोजकमा मित्रलाल परियार, डुरुवा संयोजकमा जगत चौधरी, मानपुर संयोजकमा कृष्ण चौधरी, तुलसीपुरका वडा नम्बर ८,९,१०,११ संयोजकमा वामदेव भुसाल शर्मा, तुलसीपुरका वडा नम्बर ५,६,१८ संयोजकमा बामदेव भुसाल रहेका छन् ।

घोषणा सभालाई सभ्य र भव्य बनाउनको लागी दाङ जिल्ला बाट १ हजार सदस्य लगाएत पार्टीमा आस्था राख्ने व्यक्तित्वलाई कार्यक्रममा उपस्थित बनाउने जिल्ला संयोजक धिरज शेर्पालीले बताउनुभयो ।