इन्द्रेणी संवाददाता
सिसहनियाँ, २३ जेठ ।
देउखुरीको सिसहनियाँमा ७ दिने रङ्गिन बुट्टेदार उनीको झोला बुन्ने तालिम गाविस कार्यालयमा सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद् सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
समितिका अध्यक्ष नारायण प्रसाद चौधरीको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सिपमुलक तालिमको माध्यमबाट आत्म निर्भर बनाउन सकिने बताएका थिए ।
४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा भविसरा सोमइ मगर र नन्जरी बुढामगर रहनु भएको थियो । समितिका सदस्य निमबहादुर जि.एमले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष कुशुम चौधरीले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।।