इन्द्रेणी संवाददाता
तुलसीपुर,२३ जेठ ।
दाङको तुलसीपुरमा महिला शसक्तिकरण तथा आयआर्जनका लागि सात दिने गुडिया वनाउने तालिम समापन भएको छ । तालिमको आइतवार तुलसीपुरमा समापन गर्दै ससाद अनारकली मियाँले दङगाली महिला उद्यमी भएको हेर्ने इच्छा भएको बताउनु भएको छ ।
मियाँले श्रीमान, ससुराको नामबाट चिनिनु पर्ने परिपाटीको अब अन्त्य हुनुपर्ने बताउनुभएको थियो ।
महिलाहरु परनिर्भर हुदा हिंसाका घटना सहुन पर्ने बाध्यता आइलागेको भन्दै आत्मनिर्भरका लागि उद्यमी बन्न जरुरी रहेको समेत बताउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण न्युसिपीसीका सचिव नानीमैया वलीले गर्नु भएको थियो । तालीममा २१ जना महिलाको सहभागीता रहेको थियो ।।