इन्द्रेणी संवाददाता
जेष्ठ २३, घोराही । नेपाल पत्रकार महासंघ दाङले जिल्ला विकास समितिको सहयोगमा वाताबरण दिवसको अबसर पारेर आईतबार घोराहीमा “दाङको वातावरण संरक्षणमा सरोकारवालाहरुको भुमिका” विषयक बृहत अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको बातावरण विग्रिदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा वक्ताहरुले प्राकृतिक स्रोत साधनको अनियन्त्रीत दोहन कै कारण मौसममा परिबर्तन सँगै हावापानी, उत्पादनमा ह्रास, खोलाहरु सुक्दै जानु, बाढि पहिरोको जोखिम, चुरे पहाडको क्षयीकरण जस्ता समस्याहरु निम्तीरहेको निष्कर्ष निकालेका छन् । कार्यक्रममा प्राध्यापक डा. धरणीकुमार शर्माले दाङको भौगोलीक वनावट, प्राकृतिक वातावरण र वातावरणको वर्तमान अबस्था बिषयक कार्यपत्र प्रस्तुत गरे । दाङको प्राकृतिक सुन्दरतमा अनियन्त्रीत दोहनले गम्भिर असर गरिरहेको उल्लेख छ । मानविय त्रुटीकै कारण भुक्ष्य, वाढी पहिरो, नदि कटान, ढुंगाजन्य बस्तुहरुको अनियन्त्रीत उत्खनन्, पानीका स्रोतहरु सुक्दै जानु, वाढीको जोखिम, चुरे पहाडको क्षयीकरण, अध्ययन बिनै उद्योगहरुको स्थापनाले दाङको वातावरण र पूर्वाधार निर्माणमा असर पर्दै गएको कार्यपत्रमा शर्माले उल्लेख गरेका छन् ।
त्यस्तै स्थानिय बिकास अधिकारी रमेश गौतमले दाङको वातावरण क्षेत्रका चुनौती एवं समाधानका उपायहरु बिषय कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्रमा प्राकृतिय स्रोत साधनको सहि सदुपयोगमा ध्यान नजाँदा दाङको भबिष्यलाई गम्भिर असर पार्ने देखिएको उल्लेख छ । बस्तीका बिचमा सिमेन्ट उद्योगहरु स्थापना गर्नुले पनि मानव जिवन र बातावरणमा गम्भिर असर गरिरहेको उनले बताए ।
दुबै कार्यपत्र माथी रश्मिराज नेपाली, शान्ता चौधरी, घनस्याम पाण्डे, श्रीमन न्यौपाने र भरतराज न्यौपानेले टीप्पणि गर्देै दाङको बातावरणलाई सन्तुलनमा राख्नका लागि व्यक्तिको व्यबहारबाटै सुधार ल्याउनुपर्ने बताए । मानविय हरेक गतिबिधिहरुलाई बाताबरण मत्री बनाउदै स्वच्छ प्रकृति र संरक्षित बाताबरणमा ध्यान दिन सबैलाई टिप्पणीकारहरुले आग्रह समेत गरेका छन् ।
राजनितिक अस्थिरताका कारण पनि प्राकृतिक स्रोतमाथी अबैज्ञानीक ढंगबाट दोहन हुदा दाङको बाताबरण बिग्रदै गएको निष्कर्ष कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरुले निकालेका छन् । हरेक गतिबिधीहरुलाई बाताबरण मैत्री बनाउदै स्थिर राजनिति, निति नियमको पालनामा ध्यान दिनु नै बाताबरण संरक्षणको मुख्य उपाय हुने उनिहरुको भनाई छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको अध्यक्षता एवं पूर्व राष्ट्रपति डा. रामबरण यादबको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कार्यक्रमका बारेमा महासंघका पूर्ब अध्यक्ष शुशिल गौतमले जानकारी गराएका थिए ।
