इन्द्रेणी संवाददाता
घोराही,२३ जेठ ।
दाङवाट सरुवा भएर जान लाग्नुभएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतलाई दाङ जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना विदाई गरेको छ ।समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रममा समितिका पदनीय सदस्य समेत रहनुभएका प्रहरी उपरिक्षक कडातलाई फुलमाला,अविर टिका लगाएर विदाई गरिएको थियो ।
त्यस अवसरमा बोल्ने बक्ताहरुले जिल्लाको खेलकुद विकासको लागि कडायतले महत्वपुर्ण सहयोग पु¥याएको बताएका थिए । सो अवसरमा समितिका अध्यक्ष डिल्लीबहादुर डागी,कोषाध्यक्ष कैलाश रोकामगर लगायतले मायाको चिनो प्रदान गर्नुभएकोे थियो ।
समितिका कोषाध्यक्ष कैलाश रोकामगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गर्नुभएको थियो ।।