तुलसीपुर, १६ जेठ । हास्य कलाकार हरिवंश आचार्यले पछिल्लो चरणमा कलाकारितामा व्यावसायिकता वढ्दै गएको दावी गरेका छन् । तुलसीपुरमा चलचित्र पत्रकार संघ दाङले आज तुलसीपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आचार्यले भने–‘हाम्रो समयमा व्यावसायिकता भन्दा पनि रहरका लागि मानिसहरु कलाकारितामा लाग्थे तर अहिले कलाकारिताले व्यावसायिकताको रुप लिएको छ, कलाकार वनेरै सुन्दर तरिकाले जीवन निर्वाह गर्न सकिन्छ ।’

haribhadurनेपाली चलचित्रमा वलियो पाखुरा र चिटिक्कको अनुहार भएको मान्छे मात्रै हिरो र हिरोइन हुन सक्छ भन्ने मान्यता पुरै वदलिएको वताउदै उनले खास गरेर कुनै जाति या संस्कृतिका विषयहरुमा आधारित चलचित्र वन्ने क्रम वढ्दै जाँदा सामान्य पात्रहरु समेत चलचित्रका नायक नायिका वन्ने अवसर पाएको बताए । कार्यक्रम चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।