शरद रेग्मी
दाङ, १६ जेठ । दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका क्रममा मंगलवार देशकै चर्चित हास्यव्यग्यं कलाकार हरिवशं आचार्य सहभागी भए । उनले ४१औ हप्ताको सरसफाई अभियानको सुभारम्भ गर्दै सरसफाई अभियानले तुलसीपुरलाई देशमै परिचित गराउन सफल भएको भन्दै प्रशंसा गरे ।

c5कलाकार हरिवशं आचार्यले सरसफाई अभियान प्रत्येक मानव जिवनका लागि अनिवार्य रहेको भन्दै यसमा सबैको सहभागिता रहनुपर्ने बताए । उनले धुलो र धैसोको शहर ले परिचित नेपालको राजधानि काठमाडौबासीले दाङको यो सरसफाई अभियानबाट केही पाठ सिक्नुपर्ने भन्दै तुलसीपुरवासीहरुलाई यो अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

४१ औ हप्ताको नेतृत्व हेल्पीङ हेन्ड्स दाङले गरेको थियो । सो अवसरमा हेन्ड्स कि अध्यक्ष प्रतिक्षा पौडेलले सरसफाई अभियान मा आफुहरुको हरेक हप्ता सहभागीता रहने बताए ।