तुलसीपुर ११ , जेठ । सहकारी डिभिजन कार्यालय दाङले राप्तीमा जिल्लाहरुमा घुम्ती शिबिर सञ्चालन गरिरहेको छ । यसैक्रममा बिहिबार देखी सल्यान खलांगामा सिबिर शुरु भएको छ । यस अघि साबिक राप्तीका रोल्पा, रुकुम, प्युठानमा ५/५ दिने शिबिर मार्फत सेवा प्रदान गरिएको थियो ।
डिभिजन सहकारी कार्यालय दाङले प्रदान गर्ने सेवा सम्बन्धि जिल्लाबाटै प्रदान गर्ने उदेश्यले शिबिरको आयोजना गरिएको डिभिजन सहकारी कार्यालयका प्रमख बिनोद कुमार पौडेलले बताए । उनका अनुसार शिबिरबाट दर्ता बिनियम संसोधन, लेखा परिक्षण स्वीकृत, रजिस्टेशन छुट लगायत अन्य सेवाहरु प्रदान गरिने छ ।
सल्यानमा जेठ ११ गते बुधबार देखी १५ गते सम्म सञ्चालन हुने छ । साथै तालिम सहकारी ब्यबस्थापन तालिम , प्रगति समिक्षा कार्यक्रम पनि हुने सहकारी निरिक्षक गोपाल पौडेलले बताए । शिबिरमा सहकारी डिभिजन कार्यालय दाङका प्रमुख बिनोद कुमार पौडेलको नेतृत्वमा सहकारी निरिक्षक चन्द्र बहादुर केसी, दीपक मज्गैया, गोपाल पौडेल , साहयक सहकारी निरिक्षक गेहेन्द्र पोख्रेल र कार्यालय सहयोगी भक्त बहादुर पोख्रेल सहभागी छन् ।
यसैबीच सल्यानमा एक कार्यक्रमकाबीच शिबिरको उद्घाटन गरिएको छ । सहकारी संघ सल्यानका अध्यक्ष केशब सिंह श्रेष्ष्ठको अध्यक्षता तथा सल्यानका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । स्वागत तथा कार्यक्रमको उदेश्य माथि डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोद कुमार पाौडेलले ब्यक्त गरेको थिए । सहजीकरण सहकारी निरिक्षक चन्द्र बहादुर केसीले गरेका थिए ।