गोविन्द खड्का
घोराही, ११ जेठ । घोराही उपमहानगर पालिका भित्रका चिकित्सा जन्य फोहर आईतवार र बुधवार मात्रै उठ्ने भएको छ । उपमहानगर पालिका संग समन्वय गरेका स्वाथ्य संस्थाहरुको फोहर आज दिउसो बाट उठने भएको हो ।
सामान्य फोहर भने हरेक दिन उठ्ने उपमहानगर पालिकाका शाखा अधिकृत सुवोध रेग्मीले जानकारी दिनुभयो । अस्पतलाको संक्रमित फोहरले केलाउन नसकिने गरी बिगारेकोले यस्तो नियम ल्याएको कार्यालयले जानकारी दिएको छ । रगत, पिप, मानवअंग सहितका कपास गजले समस्या ल्याएको रेग्मीले जानकारी दिनुभयो । यस्तो फोहरलाई हप्ताको दुईदिन उठाएर अलग्गै गाड्ने व्यवस्था गरेको छ । ल्याण्डफिल साईटका स्थानियले पनि विरोध जनाएका छन् ।
संक्रमित फोहरले पुनः प्रयोगहुने गतिलो फोहरलाई पनि बिगारेको नगरपालिकाको भनाई छ । अटोक्लेभ गरेको भएपनि संक्रमित फोहर अन्यमा नमिसाउन सुझाव दिएको छ । सरकारी तथा निजि अस्पताल, औषधालय तथा मेडिकल, ल्याव, फार्मेशी, किलीनीक जे जति नाममा खुलेका भएपनि सबै स्वास्थ्य निकाएले उपमहानगर पालिका संग समन्वय गर्नुपर्ने छ । जसले गरेका छैनन् उनिहरुको फोहर उठाउन नसकीने जनाएको छ । त्यस बापत उनिहरुले निश्चत शुल्क तिर्ने छन् ।
यसैगरी सरसफाइ गाडि पुगेपछि मात्रै फोहर बाहिर ल्याउन उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ । बिहानै चोकमा फोहर बसालेर अरुलाइ असर पुग्ने गरी तमासा नदेखाउन सुझाव दिएको छ । चोक बाटोमा थुपारेको, पसल सर्टर र घर अगाडि खत्याएको, फिंजेर राखेको फोहर अब नउठाउने अर्जुन आचार्यले जानकारी दिनुभयो । फोहर मैला व्यवस्था ऐन अन्तर्गत कार्वाहि हुन सक्ने सुझाव दिनुभयो । अस्पताल टोलको मेडिकल लाईनमा मंगलवारको फोहर नउठाएको बताईएको छ ।
त्यसरी बाटो चोकमा फोहर फ्याक्नेलाई मंगलवार गौतमनगर टोलले पाच सय जरीवाना गरेको छ । संस्थापक अध्यक्ष एवं दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुषालका अनुसार बोरामा पोको पारेको फोहर खोतल्दा कुखुराको मासु किनेको विल भेटियो । त्यसकै आधारमा घोराहीका एउटा कटेजको पहिचान खुल्यो र उनलाई तत्काल जरीवाना गरीएको छ । अवका दिनमा नफाल्न चेतावनी दिएको छ । अरुलाई पनि गल्ती नगर्न आग्रह गरेको छ ।
अस्पताल जन्य संक्रमित फोहर उठाउनेका लागि उपमहानगर पालिकाले कानुनी दायरामा आउनु भनेको छ । त्यसको अर्थ व्यवसायीले हाम्रो फोहर उठाईदिनुस । हामिले यति मुल्य तिछौ भनेर सम्झौता गर्नु हो भन्नुहुन्छ निमीत्त प्रमुख ईञ्जिनियर रामधन श्रेष्ठ । ‘भोली देखि लागीरहेका छौ’ निमित्त प्रमुख श्रेष्ठले भन्नुभयो, ‘सम्पर्कमा नआएका र उपमहानगरपाकिलाको दायरा भित्र बस्न नचाहनेको फोहर उठ्दैन ।’ कानुन अनुसार उपमहानगरपाकिा बाद्यकारी छैन ।
फोहर दिनु अघि तिखा धारीला बस्तुहरु सिरीञ्ज, कैची, चक्कु ब्लेड लगाएतका फोहर अलग बनाई स्वाथ्य संस्था आफैले नष्ट गर्ने व्यवस्था मिलाउनु पर्ने छ । त्यस वाहेक पञ्जा, गज, कपास लगाएत रगत पिप लगाएतका फोहर लागेका बस्तुहरु अलगै संकलन गर्नुपर्ने छ । त्यसलाई हप्तामा दुईदिन उठाउने उपमहानगरपालिकाले उठाउने छ । कर तिर्नुका डरले नजिकको खोला, कुलो खोल्साहरुमा फोहर बगाउने खतरा देखिएकाले चनाखो हुन सबैमा आग्रह गरेको छ । ‘हाम्रो फोहर लग्दीनु पयो । तिखा धारीला हामि व्यवस्था गछौ । भनेर वाचा गर्नुपर्छ ।’ उहाले थप्नुभयो, ‘केहि आउनु भएको छ । कतिलाई जानकारी गराएका छौ । नमान्नेको फोहर हामि उठाउदैनौ । जसले उत्पादन गर्छ उसैले नष्ट गर्नुपर्छ भनेर कानुनमा स्पष्ट उल्लेख छ ।’











