दिपक बोहरा
दाङ । दाङमा अबको दुई महिना भित्रै चौथो पुस्ताको तार रहित दुरसञ्चार सेवा (फोरजी ) सञ्चालनमा आउने भएके छ । मोवाइलमा तीब्र गतिमा ईन्टरनेट चल्ने भएपछि बिगत केही बर्ष देखी चर्चामा रहेको फोरजी सेवा दाङमा पनि सञ्चालनमा ल्याउनका लागि बिटिएस टावरहरुमा चिप्स जडान कार्य भईरहेको नेपाल टेलिकम घोराहीले जानकारी दिएको छ ।
‘ अहिले दाङलगायत मध्य तथा सुदुरपश्चिममा रहेका नेपाल टेलिकमका सबै टावरमा फोरजी सेवा सञ्चालनका लागि चिप्स जडान भईरहेको छ’ नेपाल टेलिकम घोराहीका प्रमुख सन्तोष शर्माले भने ‘ अबको दुई महिना भित्रै सेवा सञ्चालनमा आउछ ।’ उनका अनुसार फोरजी सेवा सञ्चालनको जिम्मा चिनिया कम्पनी हुवाईलाई दिएको छ ।
फोरजी सेवा सञ्चालनका लागि दाङमा प्रतिसत काम पुरा भईसकेको प्रमुख शर्माले जानकारी दिए । यस अघि थ्रिजि सेवा सञ्चालन भएका टावरहरुमा फोरजीको चिप्स राखिने उनले बताए । उनले भने‘ अहिले दाङका ५४ वटा टावरमा थ्रिजी सेवा सञ्चालन ल्याईएको छ । ती टावरहरुमा फोरजी सेवाका लागि चिप्स जडान हुदै छ । ’ अहिले थ्रिजी चलिरहेको ठाउमा फोरजी सेवा सञ्चालन हुने उनले बताए । दाङ सहित राप्तीका मुख्य मुख्य शहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने प्रयास भईरहेको उनको भनाई छ ।
गत बर्षको माघमा संसद विकास समितिले एक वर्षभित्रै देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा फोरजी पु¥याउन निर्देशन समेत दिईसकेको छ । समितिले दुर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको हो । विकास समितिको निर्देशनपछि आगामी असोज १५ भित्र टेलिकमले आफ्ना पोष्टपेड ग्राहकलाई देशैभरी फोरजी सेवा दिनुपर्ने बाध्यता छ । नेपाल टेलिकमले फोरजी सञ्चालनका लागि सबैभन्दा पहिलो लाइसेन्स लिएको हो । एनसेलले भने देशका १५ वटा शहरमा एक महिना भित्रै फोरजी सेवा सञ्चालन गर्ने जनाएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधवार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले अबको एक महिना भित्र पहिलो चरणमा काठमाडौं, पोखरा ,धरान, बिराटनगर र दमौलीबाट सेवा प्रारम्भ गर्ने तयारी थालेको छ ।
त्यस्तै, दोस्रो चरणमा विर्तामोड, दमक, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल र भैरहवामा गरी १५ ओटा शहरमा फोरजी सेवा पु¥याउने गरी कार्ययोजना स्वीकृत भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
के हो फोरजी ?
मोबाइल इन्टरनेटमा चौथो पुस्ताको फोरजी सेवा थ्रीजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट सेवा मानिन्छ । यो सेवाको इन्टरनेटमा उच्चगतिको अडियो एवं भिडियो फाइल सजिलै खोल्न सकिन्छ । फोरजी खास गरी भिडियो कल, भिडियो स्ट्रिमिङ, टेलिभिजन ब्रोडकास्ट, न्यूज, टेलिमेडिसिनजस्ता उच्चगतिको इन्टरनेटमा आधारित सेवाका लागि उपयोगी हुन्छ । टेलिकमको फोरजी सेवा हाल ब्यान्ड थ्री अन्तर्गत १८०० मेगाहर्जमा सञ्चालन गरेको छ । यो सेवा हाल टेलिकमको पोस्टपेड सिममामात्र चल्छ ।