काठमाडौं, ११ जेठ । मन्त्रिपरिषद्को निर्णयअनुसार थप भएका स्थानीय तहमा जेठ ३१ गते चुनाव सम्पन्न गर्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले परिवर्तन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्यालगायतको विस्तृत विवरण तयार गरी राजपत्रका प्रकाशित भएपनि निर्वाचन प्रयोजनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आयोगमा उपलब्ध गराउने व्यवस्था रहेको भन्दै सो विवरण अझैं आयोगमा प्रप्त नभएको बताए ।

परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको बडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएका मतदाता नामावली जेठ १५ गतेसम्ममा गाउ तथा नगरपालिकाको केन्द्रमा पुर्याउन प्राविधिक रुपमा असम्भव रहेको आयोगको भनाई छ ।