इन्द्रेणी संवाददाता

तुलसीपुर ११ जेठ । दाङमा क्रियाशिल एक पत्रकारले राजनीति गर्न पत्रकारीता पेशाबाट राजीनामा दिएका छन् । पत्रकार संगित बस्यालले बिहिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी उनी कार्यरत रेडियो प्रकृति, पत्रकार महासंघ दाङ, प्रेस क्लब दाङबाट आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका बताएका हुन् ।

एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिका ९ को वडा अध्यक्षमा टिकेट पाएपछि पत्रकारीताबाट राजनीनामा प्रबेश गरेको उनले बताएका हुन् ।

sangit bashyalआफुले वडा अध्यक्षमा टिकेट पाएपछि पत्रकारिता र राजनीति संग संगै गर्न नसुहाउने भन्दै बश्यालले पत्रकारीताबाट राजनीनामा दिएको बताए । उनले भने‘ मेरो १० बर्षे पत्रकारीतालाई बिश्राम दिएर राजनीतिमा प्रबेश गरेको छु ।’

उनले थपे ‘ अब २० बर्ष सम्म म राजनीतिबाट समाज रुपान्तरण गर्ने छु । त्यसपछि राजनीतिबाट अबकास लिने छु ।’ उनी रेडियो प्रकृतिका स्टेशन म्यानेजर, पत्रकार महासंघ दाङका साधारण सदस्य र प्रेस क्लब दाङको अध्यक्ष थिए ।