इन्द्रेणी संवाददाता
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादव आज एक्कासी दाङमा झुल्किएका छन् । नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा आयोजना गरेको “दाङको वातावरण संरक्षणमा सरोकारवालाहरुको भुमिका” बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा सहभागि हुन उनि दाङ आएका हुन् । कार्यक्रममा सहभागी हुनु पुर्वसन्ध्यामा उनले पाण्डवेश्वर धाम धारापानी मन्दिरमा पुगेर विश्वको अग्लो त्रिसुल पनि अबलोकन गरेका थिए ।
