दाङ ११ जेठ नेकपा माओवादी केन्द्र दाङले विभिन्न वडामा धमाधम उम्मेदवार घोषणा गरिरहेको छ । जसअनुसार घोराहीका विभिन्न वडाहरुमा माओवादीले उम्मेदवार घोषणा गरिरहेको छ ।
घोराही उपमहानगरको दोस्रो धेरै मतदाता रहेको वडा नम्बर १४ को अध्यक्षमा माओवादी केन्द्रले शक्तिराम डाँगीलाई अघि सारेको छ वडा नागरिक मञ्चका संयोजक रहेका डाँगीले सरसफाइलगायत सामाजिक क्षेत्रको नेतृत्व गर्दै आउनुभएको छ ।
सदस्यमा नैना चौधरी, लक्ष्मण बुढा, गुलाम रसुल र फूलमति बिकलाई माओवादीले अघि सारेको छ । माओवादी केन्द्रले चुनावी सभामार्फत उम्मेदवार घोषणा गरेको हो । सभालाई मेयर पदका उम्मेदवार जीवन गौतम, पार्टीका वडा अध्यक्ष कृतिमान पुनलगायतले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै माओवादी केन्द्रले वडा नम्बर ११ मा प्रकाश बिकलाई अध्यक्ष पदमा अघि सारेको छ । सदस्यहरुमा राजमोहन थापा, लोरु चौधरी, शीतली चौधरी र बसन्ती बिकलाई उम्मेदवार बनाइएको छ । वडा चुनाव परिचालन समितिका संयोजक रमेश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पदका उम्मेदवार जीवन गौतम, उपमेयर पदका उम्मेदवार सिता चौधरी, पार्टीका उपमहानगर अध्यक्ष विश्वराज आचार्यलगायतले बोल्नुभएको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा पनि बिहीवार उम्मेवार घोषणा गरिएको छ । जसमा वडा अध्यक्ष खुशीराम चौधरी र सदस्यहरु तुलप्रसाद घिमिरे, यवी बिक, रेवन्ता पुन चौधरी र बाबुराम चौधरी रहनुभएको छ ।
त्यस्तै घोराही ३ मा उम्मेदवार घोषणा गरिएको छ । वडा नम्बर ३ मा माओवादीले फर्सबहादुर नेपालीलाई अध्यक्षमा अघि सारेको छ । त्स्तै सदस्यहरुमा सुमन रोका, हस्तराम बुढाथोकी, सरिता चौधरी र रिमा परियार रहनुभएको छ । सबै वडामा वडास्तरीय चुनावी सभा गरेर उम्मेदवार घोषणा गरिएको माओवादी केन्द्र घोराही उपमहानगर समिति अध्यक्ष विश्वराज आचार्यले जानकारी दिनुभयो ।
