तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो रु हो भने तपाईका लागी खुशीको खबर छ । सांगीतिक स्रष्टाहरुलाई सम्मान र प्रोत्साहन स्वरुप ओएसनेपाल म्यूजिक अवार्ड २०७४ आयोजना गरिएको छ ।

नेपाली गीत संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६७ वटा बिधा रहनेछन् । जसमा सहभागीता जनाउन तपाईले कुनै झन्जट उठाउनुपर्ने छैन । देश विदेश जहाँबाट पनि सजिलै फारम भर्न सक्नुहुनेछ । तर फारम भर्दा लाग्ने शुल्क भने तपाईले ९८४९२८११८८ नम्बरमा सम्पर्क गरेर पठाउनु पर्ने छ ।

फारम भर्नु अघि यि शर्तहरुलाई भने मुख्य रुपमा पालना गर्नुपर्नेछ

अवार्डमा भागलिदा २०७३ साल देखि २०७४ वैशाख २० गते भित्र बजारमा आएका गीत, संगीत हुनु पर्ने छ ।

अवार्डमा सम्बन्धितको अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ ।

फारम भर्न तलको नमुना डाउनलोड गर्नुहोस र फारमलाइ प्रिन्ट गरेर फारम भरि माथी लेखिएको नम्बरमा सम्पर्क गरि फारम उपलब्ध गर्न सक्नुहुने छ ।