संजय कुशवाहा
नवलपरासी ९ जेठ । राष्टिय जनता पार्टीको पार्टी प्रबेश कार्यक्रममा बोल्दै राष्ट्यि जनता पार्टी नेपालका बरिष्ठ नेता एव पुर्व मन्त्रि हृदयेश त्रिपाठीले मधेशको समस्या सामाधान नभए देशको समस्या सामाधान नहुने बताउनु भयो । नेता त्रिपाठीले संविधान शंसोधन,जनसंख्याको आधारमा स्थानिय तह ,शहिद घोषणा र कार्यकर्ताहरुमाथी लगाईएको मुद्दा फिर्ता नभए सम्म कुनै हालमा चुनाव संभव नरहेको बताउनु भयो ।
तराईको समस्या सामाधान नभए सम्म राष्ट्यि जनता पार्टी नेपालले चुनावमा भाग नलिने यदि सरकारले त्यस बिपरित चुनाव गराउन चाहेमा चुनावको बहिस्कार र प्रतिकार गर्न मधेशी जनता तयार रहेको बताउनु भयो । राष्टिय जनता पार्टी नेपाल पार्टी प्रबेश कार्यक्रम दिपक मा.वि. पक्लिहवामा सम्पन्न गरिएको थियो ।
दिनेश यादवको अध्यक्षता तथा राष्ट्यि जनता पार्टीका बरिष्ठ नेता एव पुर्व मन्त्रि हृदयेश त्रिपाठीको प्रमख अथित्यता रहेको थियो । सो कार्यक्रममा ,छबिलाल हरिजन,हैदर अलि मोबिन ,सुभान अलि अन्सारी,लखु यादव, बलवन्त यादव अंगद यादव, करम हुसैन अन्सारी , लगायतहरुले बोल्नु भएको थियो । त्यस्तै बि भिन्न पार्टी परित्याग गरि करिब ११९ जनाले राष्टिय जनता पार्टीमा प्रबेश गरेका थिए ।
