काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहदुर महराले ‘विकास बजेट कटौती गरेर रोल्पाली जनतामाथि धोका दिएको समाचार  भ्रामक र कपोकल्पित भएको बताएका छन् ।

25092016080038mahara-1000x0केहीं अनलाईन सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक विनियोजित १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेकोले उपप्रधान तथा अर्थमन्त्री महराको स्वकीय सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

रोल्पाली जनतामाथि धोका भनी भईरहेको प्रचारप्रति माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको सचिवालयद्वारा जारी

प्रेस नोट

‘विकास बजेट कटौती गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराद्वारा रोल्पाली जनतामाथि धोका’ भनी केहीं अनलाईन सञ्चार माध्यम र सामाजिक सञ्जालमा भईरहेको कु–प्रचारप्रति माननीय उपप्रधान तथा अर्थमन्त्री श्री कृष्णबहादुर महराज्यूको स्वकीय सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । ‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक विनियोजित १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेकोले यस्ता कु–प्रचारप्रति भ्रममा नपर्न अनुरोध गरिन्छ ।

माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको नेतृत्वमा रोल्पामा ठूल–ठूला विकास निर्माणका योजना अगाडि बढिरहेको सन्दर्भमा उहाँ नेतृत्वको अर्थमन्त्रालयबाट रोल्पाका कुनै योजना कटौती र बजेट घटाउने कल्पना पनि गर्न सकिदैन । यस्ता भ्रामक हल्ला फैलाएर रोल्पाली जनता र विशेषतः सुकिदह गाउँपालिकाका जनतालाई दिगभ्रमित गर्ने उद्देश्यसहित तथ्यहिन गलत प्रचार गर्ने अनलाईन सञ्चारमाध्यामविरुद्ध उपयुक्त कानुनी उपचार खोजिनेछ ।

तीन वर्षीय प्रक्षेपणको आधारमा उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ ९क्रमागत०मा १ करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चन खण्डमा निर्माण काम भईरहेको यथार्थता जानकारी गराउँदछौँ । ‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको उच्च प्राथमिकतामा रहेको र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले उक्त सडक निर्माणप्रक्रियालाई तिव्र रुपमा अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्यूठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको डिपिआर ९डिटेल प्रोजेक्ट रिपोर्ट० भईरहेको र एकसाताभित्रै उक्त कार्यले पूर्णता पाउँदैछ । सडकको डिपिआर भईसकेपछि उक्त सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण कार्य तिव्र रुपमा अगाडि बढ्ने यथार्थता जानकारी गराउन चाहान्छौँ ।

अन्तमा, राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका यस्ता प्रचारप्रति भ्रममा नपर्न र यथार्थता बुझेरमात्रै धारणा बनाउन सबैमा अनुरोध गर्दछौँ ।

७ जेठ २०७४

माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको स्वकीय सचिवालय