SAMSUNG CSC

तुलसीपुर । नेपाली चलचित्र क्षेत्रका नायीका करिष्मा मानन्धरले पछिल्लो समय चलचित्रको बिकासले फड्को मारेको बताईन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले न्युनतम बजेटमा र थोरै कलाकारहरुले पनि राम्रो फिल्म बनाउन सक्ने बताईन् ।

SAMSUNG CSC

उनले भनिन्‘ केही बर्ष पहिले एउटा फिल्म बनाउन धेरै लगानी लगाउनु पर्ने र कलाकाहरु पनि धेरै हुनपर्ने थियो तर प्रबिधिको बिकास संगै अहिले त्यो समस्या हटेको छ ।’ चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धुब्रराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उनले अझै पनि चलचित्र क्षेत्रमा परिबर्तन आबश्यक रहेको समेत बताईन् ।

चलचित्र क्षेत्रले उद्योगको मान्यता नपाउदा चलचित्र निर्माताहरु मारमा परेको उनको भनाई थियो । धेरैले रोजगार पाएपनि चलचित्र क्षेत्रको बिकासका लागि राज्यले कुनै पहल नथाल्दा चलचित्र निर्माताहरु मारमा परेको उनको गुनासो थियो ।

नयाँ शक्ति नेपालकी नेतृ समेत रहेकी उनले राजनीतिबाटै चलचित्र क्षेत्रको बिकासमा पहल थाल्ने समेत बताईन् । कार्यक्रममा चलचित्र पत्रकार संघका कोषाध्यक्ष शिब पुनले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।