गोविन्द खड्का
घोराही, ६ जेठ  । ग्रामीण महिला उत्थान केन्द्रले विहिवार घोराही १८ गाउबेशी टोलमा नमुना मतदान कार्याक्रम चलायो । संस्थाका सामाजिक सहजकर्ता कमला शर्माका अनुसार २६ जनाले मतदान गरे । त्यसमा दश जनाको मत सदर भयो । बाकि १६ जनाले बदरमत खसालेका थिए ।
यसैगरी घोराही उपमहानर पालिकाको डाडा गाउमा ५१ जनाले नमुना मतदानमा भाग लिए । उनिहरु मध्य २४ जनाले मात्रै सदर मत खसाले । अरु सबैको मत बदर भयो । मुक्त कमैया बस्ति सरर्रामा अलि बढि सिपालु देखिएका छन् । त्यहा आधा भन्दा बढिले सदर मत खसालेका थिए ।
यसरी वदरमत बनाउनेहरु अधिकांशले दलहरुका चुनावी चिन्ह्र नहुदा अलमल परेको बताएका थिए । आफुले एउटा पार्टिको चुनाव चिन्ह कण्ठ गरेर जाने त्यसैमा छपा छप स्वस्तिक लगाएर सदर बनाउने जानकारी दिए । उनिहरुको भनाई अनुसार पार्टिहरुले हरेक मतदातालाई आफ्नो चुनाव चिन्ह दिनुपर्छ । एउटै पार्टिलाई लहरै मत दिएर सदर बनाउने देखिन्छ ।

20170518_100944केहिले घेरा भन्दा बाहिर पर्ने गरी स्वतिक लगाएको मतदानमा सहभागि शर्माले जानकारी दिनुभयो । उहाका अनुसार चुनव चिन्ह जोगाउन खोज्दा स्वस्तीकले घेरा नाघेर मत बदर भएको हो । केहिले एउटै चिन्हमा दुई तिन पटक स्वस्तिक लगाएका छन् । कतिले सबै प्रमुखलाई छाप लगाएर सात बनाएका छन् । कतिले प्रमुख र उपप्रमुखलाई मात्रै स्वस्तिक लाएर सात पुयाएका छन् । दलित, महिला, दुईजना सदस्य भन्ने शब्द नपढेरै अन्त छाप लगाएका छन् ।

यसो त कतिपय मतदाताले पट्याउन जानेका छैनन् । त्यसो नगर्दा स्वस्तिकको छाप दुईवटा निर्वाचन चिन्हमा सरेको छ । ठुलो मत पत्र भएकाले विग्रीन्छ कि भनेर डराउनेले उल्टो विगार्ने गरेका छन् । उनिहरुलाई राजनीतिक दलहरुले अझै गतिलो संग छाप हान्न सिकाउनु पर्छ । चुनावी तालमेल गर्ने पार्टिहरुले अझ बढि मेहनत गर्नुपर्ने नमुना मतदानले पुष्टि गरेको माओवादि केन्द्र घोराही १८ का कोषाध्यक्ष दिनेश वलीले जानकारी दिनुभयो । नमुना मतदानमा सहभागिको सिक्ने उत्सुकता देखिएको छ । आफुले मत दिईसकेपछि घरका अरुलाई पनि ल्याएर सिकाउने गरेका छन् । उनिहरु मतदानको दिन आतुर भएर पर्खिएका छन् ।