घोराही, ६ जेठ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १४ को समिति विस्तार अभियान अन्तरगत शृजनशिल टोलमा आज समिति गठन गरिएको छ । टोलमा आज भएको भेलाले तारा प्रसाद ढकाल संयोजक र यमप्रसाद खरेलको उपसंयोजक रहेको २६ सदस्यीय नेपाली कांग्रेस सृजनशिल टोल इकाई समिति गठन गरेको हो ।
वडा नम्बर १४ का ईकाइ सभापति श्याम सुवेदीको अध्यक्षता एवं नेपाली कांग्रेस जिल्ला सचिव शंकर प्रसाद डांगीको प्रमुख आतिथ्य र नेपाली कांग्रेस दाङ क्षेत्र न ३ का उपसभापति भगतसिंह भण्डारीको बिशिस्ट आतिथ्यमामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले वडा ईकाईले सुरु गरेको समिति विस्तार अभियान प्रशंसायोग्य भएको भन्दै गठन भएका टोल समितिहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनकालागी महत्वपूर्ण भूमीका खेल्ने त्रताएका थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि तुलसी राना, क्षेत्र नं ३ का सह–सचिव प्रकाश सुवेदी, दाङ जिल्ला उद्योग वाणीज्य संघका महासचिव दिपक सुवेदी, क्षेत्रीय प्रतीनिधि बिना खनाल, साविक घोराही ६ का इकाई सभापति मधुसूदन अधिकारी, टोलवासी यमप्रसाद खरालले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा टोल निवासी ८२ वर्षीय चुरामडी खनाललाई सम्मान गरिएको थियोे । कार्यक्रमको सहझीकरण इकाई सचीव हुमबहादुर भण्डारीले गर्नुभएको थियोे । कार्यक्रममा विभिन्न पार्टी परित्याग मुस्लीम समुदायका सहित १३ जना टोलवासीहरू नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको थियो ।











