बिमल गौतम
तुलसीपुर ६ जेठ । तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ मा आज टोल स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुर उपमहानगर पालिकाको आयोजना तथा वडा बाल सञ्जाल साविक तुलसीपुर ३ को संयोजनमा भएको प्रतियोगितामा चौतारि टोल बिकास संस्था प्रथम भएको छ । त्यसैगरि नमुना हरियालि टोल बिकास संस्था द्धितिय , जानकी टोल बिकास संस्था तृतिय र चौतारि जलधारा टोल बिकास संस्था सान्त्वना भएको सामाजिक परिचालक लिना शर्मा गौतमले जानकारि दिनुभयो ।
साविक तुलसीपुर नगर पालिका वडा नम्वर ३ को बालबालिका लक्षित कार्यक्रम अन्र्तगत भएको प्रतियोगिता वडा बाल क्लवका उपाध्यक्ष कुशुम पराजुलिको अध्यक्षता तथा तुलसीपुर उपमहानगर पालिकाका एल जि सि डि पि अधिकृत भिम बहादुर खत्रिको प्रमुख आतित्थ्यतामा भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि खत्रिले प्रतियोगिताले बालबालिकाहरुको अन्र्तनिहित क्षमताको बिकास हुने बताउनु भयो । खत्रिले उपमहानगर पालिकाले बाल बालिका लक्षित कार्यक्रम अन्र्तगत बालबालिकाहरुका लागी अरु बिभिन्न क्षमता अभिवृद्धि गर्ने खालका तालिमहरुको आयोजना गर्ने समेत बताउनु भयो ।
खत्रिले वडामा हुने तालिमहरुमा सक्रिय रुपमा सहभागि हुन र सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न बालबालिकाहरुलाई आग्रह पनी गर्नु भयो । सो अवसरमा पत्रकार बिमल गौतम , गुरु जजुर माविका शिक्षक लेवेन्द्र केसी , नगर स्तरिय बाल सञ्जालका सदस्य यमलाल पराजुलि , समाजसेवि ईन्दीरा रिजाल , गौरादेवि टोल बिकास संस्थाका अध्यक्ष बिष्णु पोख्रेल लगाएतकाले बोल्नु भएको थियो ।
प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्त्वना हुने बालबालिकाहरुलाई प्रमाण पत्र , मेडल तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक लिना शर्मा गौतमले गर्नु भएको थियो भने हाजिरी जवाफ प्रतियोगितामो संचाल्न गुरु जजुर माविका शिक्षक लेवेन्द्र केसीले गर्नु भएको थियो । प्रतियोगिता त्रिदेव मावि श्रीगैको प्राङ्गनमा सम्पन्न भएको थियो ।