जनकपुरधाम, ४ जेठ । धनुषा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५५ लाख रुपैयाँ नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।

hundey pakrauजिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी मलेशियामा कार्यरत नेपाली कामदारबाट रकम संकलन गरेर नेपाल स्थित कामदारको घरमा पैसा पठाउने कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको बताएको हो ।

पक्राउ परेकाहरुमा रघुनाथपुर ४, धनुषाका महादेव राउत, विष्णुदेव राउत, रोशन कुमार महरा र एकराही १ का अरुण दास तथा सबैला २ का विन्देश्वर राउत रहेका छन् ।

पाँचै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइने धनुषाका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादबले बताए । उनीहरुबाट प्रहरीले ५५ लाख नगद, ५ थान ल्यापटप, १० थान मोबाइल र फाइलहरु बरामद गरेको छ ।