pBf]udGqL hf]zL gjlgo'Qm pBf]udGqL gjLGb|/fh hf]zL dGqfnodf z'qmaf/ kbef/ u|x0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ४ जेठ । मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्री नविन्द्रराज जोशीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी दिएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री जोशीलाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

pBf]udGqL hf]zL gjlgo'Qm pBf]udGqL gjLGb|/fh hf]zL dGqfnodf z'qmaf/ kbef/ u|x0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
बोर्डको उपाध्यक्षमा नियुक्तिसँगै उनले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठूला पूर्वाधार परियोजनाहरु प्रभावकारी ढङ्गले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापितगर्नुु पर्ने बताएका छन् ।

नवनियुक्त उपाध्यक्ष जोशीको सम्मानमा लगानी बोर्र्डले बिहीवार बोर्डकै कार्यालय नयाँ बानेश्वरमा गरेको स्वागत कार्यक्रममा बोल्दै उनले बोर्डको काममा आईपर्ने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरी अगाडि बढ्न सुझाव दिएका छन् । बोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवम् तिनीहरुले रोजगारी, राजस्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदानबारे अनुसन्धान गरी लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । जोशीले बोर्डको कामलाई अझ सहज बनाउन लगानी बोर्ड ऐनमा आवश्यक संशोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन दिएका छन् ।