तुलसीपुर  ५ जेठ । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं। १० का उम्मेदवारको घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच स्थानीय तहको निर्बाचनका लागि अध्यक्ष सहित चारजना सदस्यको घोषणा गरिएको हो । माओवादी केन्द्र तुलसीपुर १० का अध्यक्ष नन्दन सिंह रोकाको अध्यक्षतामा तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कुबेर बहादुर वलीको प्रमुख आतिथ्यमा भएको एक भेलाले अध्यक्षको उम्मेदवारमा झग्गु चौधरी, खुल्ला महिला सदस्यका उम्मेदवार प्यारी चौधरी, दलित महिला सदस्य शारदा मिजार, खुल्ला सदस्यमा जीत बहादुर वली र चिसोर बियोग चौधरीलाई घोषणा गरिएको हो ।

CPIM-Flag-nat1

त्यस अबशरमा प्रमुख अतिथि वलीले संबिधान सभा मार्फत संबिधान जारी गर्न , सिंहदरबारमा कुण्ठित गरिएको अधिकार जनताको घरदैलोमा पु¥याउनेलगायत महत्वपुर्ण काम माओवादी केन्द्रले गरेको भन्दै यसको कार्यान्वयनको लागि माओवादी केन्द्रलाई जिताउनु पर्नेमा जोड दिए । उनले कुरा भन्दा पनि काम गर्ने पार्टीलाई भोट हाल्न पनि मतदातालाई आग्रह गरेका छन् ।

सभामा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका निर्बाचन परिचालन कमिटिका संयोजक रामजी चौधरी‘मिलन’, अखिल क्रान्तिकारी महिला संघकी केन्द्रीय सदस्य मीना बुढा, माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य शेशुराम भण्डारी , उपमहानगरकमिटिका कोषाध्यक्ष सीता वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाका सदस्य तुलसीराम बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण माओवादी केन्द्र तुलसीपुर १० का उपाध्यष शरद घर्तीले गरेका थिए ।