तुलसीपुर ५ जेठ । प्रहरीले चोरी मुद्धामा फरार एक अभियुक्तलाई पाँच बर्ष पछि पक्राउ गरेको छ । अपराध नियन्त्रण र फरार अपराधी पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङको बिशेष अभियान अन्तरगत पाँच बर्ष देखी चोरी मुद्धामा फरार अभियुक्त साबिक घोराही नगरपालिका ५ अम्वापुर निबासी गिरे बिकलाई पक्राउ गरिएको हो ।
दाङ देउखुरी जिल्ला अदातलले उनलाई ०७३।१२।०९ गतेको फैसलाले १ महिना कैद र रु ७५ हजार जरीवाना सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
२०६९ साउन देखी भागी फरार रहेको उनलाई बिहिबार पक्राउ गरि तोकिएको कैद र जरीवाना रकम असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालत घोराही दाङमा पठाईएको एसपी सिंहले बताए ।