रुकुम २ जेठ ।  रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ । शुरु देखि नै कडा प्रतिस्पर्धा हुँदै आएको मुसिकोट नगरपालिकाको मेयेरमा माओवादी केन्द्रका देबिलाल गौतम बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धण्दी नेपाली काग्रेसका महेन्द्र केसीलाई एक सय ११ मत अन्तरले पछि पार्दै गौतम बिजयी भएका हुन् । साथै उपमेयेरमा पनि माओवादी केन्द्रकी प्रेम कुमार सुनार बिजय भएकी छिन् ।

उनकी निकटतम प्रतिद्धण्दी नेपाली काग्रेसकी बालकुमारी गिरीलाई दुई सय भन्दा बढि मतअन्तरले पछि पार्दै बिजयी भएकी हुन् ।