गोविन्द खड्का 
घोराही,२  जेठ। आठौँ पाछिक पुग्दा घोराही उपमहानगर पालिकाको सरसफाइ अभियान खुशियाली मनाउने स्तरमा उक्लीएको छ । अभियान्ताहरु उत्साहित भएको बेला बजारबासीमा भने ठुलै झड्का लागेको छ ।

18492665_1534543039912939_1439318042_nफोहर बढारेर बाहिर थुपार्ने बस्तु हो भन्ने मात्रै घोराहीका मुख्य बजारका बासिन्दाले बुझेको पुष्टि भएको छ । अभियान्ताले गत बैशाख १५ गतेको अभियानमा बाहिरको फोहर उखेरेर पसलमा फयाक्दीएका थिए । दैनिक बढारेर कसैका घर आगन सफा गर्न सकिन्न भन्दै अभियानमा सहभागिले जसको फोहर उसकै पसल र घरमा फाल्ने निति शुरु गरेका थिए । त्यसले बजार बासीमा अब के गर्ने भन्ने अन्यौल सिर्जना गरेको थियो । उप महानगर पालिकाको दैनिक आउने सरसफाइ गाडिमा आफ्नो फोहर दिनुपर्छ भन्ने सम्म धेरैमा चेत थिएन ।

सैयौको संख्यामा रहेका अभियान्तालाई घोराहीको दामोदरचोक, साहि मन्दिर हुदै स्वर्गद्धारी एफएम चोक सम्मको फोहर देखाउन पाएकोमा घोराही उममहा नगरपालिकाका अर्जुन आचार्य औधि खुशि देखिनु भएको छ । ‘आज मुख्य बजारको फोहर देखाउन पाए’ आचार्यले भन्नुभयो, ‘जसको घर पसल अगाडि फोहर छ उसैलाईै उठाउन लगाईयो । बहुत रमाईलो भयो ।’ आचार्यलाई उनिहरुले पत्याउदैन्थे । उल्टो महानगरपालिकामा तपाईको कर्मचारीले टेरेन भनेर सिकाएत गर्थे । बिहान सबैरै नाकै थुन्ने गरी देखिएका फोहरका थुप्राले उनिहरुको गलती पुष्टि भएको छ । दिनभरी बैंक रोड क्षेत्रका व्यवसायी विच छलफलको विषय बनेको थियो ।

सकभर छितरेर, नभए पनि पोका थुपुक्क बसालेर छोड्नेलाई बैक रोेडमा उठाउन लगाईएको अभियानमा सहभागि घोराही १४ का सरसफाइ सयोजक शक्तिराम डागिले जानकारी दिनुभयो । उहाका अनुसार शिव वस्ति टोल क्षेत्रमा नालामा पसेर फोहर उठाउन लगाईएको थियो । नजिकका घर पसलका व्यक्तिलाई बोलाएर नालामा कोचेको फाहर कोट्याई कोट्याई संकलन गर्न पठाईएको थियो । अर्को पटक त्यसरी फाले पछि भित्रै हाल्दीने चेतावनी दिईएको छ । ‘फाल्दीम कि उठाउने भनेर सोधियो’ नगर सफाई कार्यायोजना निर्माण समितिका सदस्य समेत रहेका डागिले भन्नुभयो, ‘उहाहरु घर पसल छोडेर निश्कनु भयो । हामिले सहयोग गयौ उहाहरु आफैले बटुल्नु भयो ।’ उहाका अनुसार कसैको पसलमा फाल्नु परेन । त्यसले गर्दा अभियान्ताहरुमा सफलता पाएको खुशि महशुस भएका छ ।

अरुले उठाएर कहिल्यै सफा नहुने जिल्ला प्रहरी कार्यालयका डिएसपि भुवनेश्वर तिवारीको भनाई थियो । सैयौ म्यादि प्रहरी सहित पुग्नुभएका तिवारीले सफा गर्ने भन्दा सरसफाइको बानी लगाउने उहाको भनाई थियो । ‘अरुको आगन बढार्न गए मेरो त फोहर भयो । कहिले बढार्नु हुन्छ भनि सोध्न थाल्छन्’ डिएसपि तिवारीले भन्नुभयो, ‘उनिहरु आफैलाई उठाउन लगाए मेरै काम हो भन्ने सम्झिन्छन् ।’ यसो त आठौ हप्ता पुग्दा अतिराम्रो प्रगति भएको घोराही उपमहानगर पालिकाका शाखा अधिकृत सुवोध रेग्मीको प्रतिकृया थियो । यसरीनै उपभोक्ता सचेत भए देशकै सुन्दर शहर बन्न घोराहीलाई केहिले नछेक्ने रेग्मीले दावि गर्नुभयो । ‘

फोहरलाई हात बाट गाडिमा फाल्ने बानी बसाल्ने हाम्रो उद्देश्य हो’ रेग्मीले भन्नुभयो, ‘घर पसल बढारेको फोहर भुईमा थुपारेर अरुलाई घर अगाडी तमासा देखाउने होईन ।’ रेग्मीले कुनै पनि उपभोक्ताले बाटोमा फोहर फाल्न पाउने छैन । घर पसल अगाडि पनि फोहर देखिने छैन । जति बेला सरसफाइ गाडि आउछ उतीबेला मात्रै निकालेर खन्याउनु पर्ने छ ।

सो अभियानमा जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी कुल बहादुर जिसी, शसस्त्र प्रहरी कार्यालयका डिएसपि कर्ण बहादुर बुढा सहितको शसस्त्र प्रहरी टोली, दाङ उद्योग वाणिज्य संघका प्रतिनिधि, वडा सरसफाई समितिका प्रतिनिधिहरु लगाएत सैयौको सहभागिता रहेको थियो । बिहान सात बजे शुरु भएको अभियानको नेतृत्व घोराही उपमहानगर पालिकाका निमित्त प्रमुख ईञ्जिनियर रामधन श्रेष्ठले गर्नुभएको थियो । अभियान माघ १३ गते शुरु भएको हो । हरेक महिनाको एक र १५ गते ठिक सात बजे चल्ने गरेको छ । सबै उपमहानगर पालिका बासीलाई अभियानमा लाग्न आव्हान गरीएको छ ।