इन्द्रेणी संवाददाता
दाङ । दाङको लमही नगरपालिकाको वडा नं. ७ सतवरियामा करीव रु. १ अर्ब ६० करोडको लगानीमा सम्राट सिमेन्ट उद्योग स्थापना भएको हो ।
उद्योगले गएको शनिवारदेखि आफ्नो उत्पादन शुरु गरेको उद्योग सञ्चालक करण शर्माले जानकारी दिए । उनका अनुसार उद्योगले पहिलो चरणमा दैनिक ४० वोरा सिमेन्ट गर्ने छ ।
२०७० सालदेखि भौतिक पूर्वाधार निर्माणमा जुटेको उक्त उद्योगले करीव तीन वर्षपछि मात्रै उत्पादन शुरु गरेको शर्माले जानकारी दिए । जर्मन प्रतिधिबाट निर्माण भएको उक्त उद्योग नेपालका उच्च प्रविधिका तीन ठूला उद्योग मध्येको एक भएको सञ्चालकहरुको दावी छ । उद्योगले ४३ ग्रेड पिपिसी र ओपिसी सिमेन्ट उत्पादन शुरु गरेको उद्योगका अर्का सञ्चालक सुदन लामाले बताए ।