रुकुम, २ जेठ। रुकुमको सानीभेरी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नरबहादुर पुन निर्वाचित भएका हुन् ।

feature0विजयी पुनले ४ हजार ६ सय ५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर चन्दले २ हजा ६ सय १४ मत प्राप्त गरे ।

त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकै इन्दिरा वली ४ हजार ६ सय ६१ मतसहित विजयी भएकी छन् । सानीभेरी गाउँपालिकाका जम्मा ११ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्र र एउटा वडामा कांग्रेसले जितेको छ ।