शान्त कुमार बुढा मगर

जेष्ठ २२, घोराही । रोजगारको शिलसिलामा यु.ए.ई मा रहदै आएका दाङ जिल्ला वासिहरुकोे साझा सामाजिक संस्था दाङ देउखुरी समाज यु.ए.ई.ले शूक्रवार राजपुर ९ खिर्की नाकाका अग्नि पिडितहरुलाई राहत13318887_524657391071696_1402217946_n गरेको छ । समाजका प्रतिनिधी जुद्द बहादुर भण्डारीले खिर्की वासीलाई वाँकेको खास्कुस्मामा राहत वितरण तथा हस्तान्तारण गर्नु भएको हो । INF दाङले वितरण गर्नलाएको कर्कट पाता ल्याउन खिर्कीवासीहरु वाँके आएको अवसर पारेर राहत वितरण गरिएको हो । भण्डारीले खिर्कीका अग्निपिडित नौ घरपरिवारलाई प्रती परिवार ३,७००।– (तीन हजार सात सय रुपैयाँ) को दरले कुल ३३,३००।– (तेत्तीस हजार तीन सय रुपैयाँ) वितरण गर्नुभएको हो ।  कार्यक्रममा संस्थाका प्रतिनिधि भण्डारीले संस्थाले यस अघि पनि गंगापरस्पुर गाविस ५४ अग्नि पिडित घरपरिवारलाई करिव ०२ लाख रुपैयाँ बराबरको चामल वितरण गरेको र नाकामा पनि चामल ल्याउन खोजे पनि वाटोको समस्याका कारण नगद हस्तान्तरण गर्नु परेको वताउनुुभयो । साथै अब छिट्टै नै राजपुर गाविसका अन्य दुई अग्निपिडित गाउँ खांग्रा र छेकृयाका सात घरपरिवारलाई पनि राहत वितरण गरिने जानकारी दिनुभयो । प्रवासमा परिश्रम गरेर पनि यसरी मातृभूमिमा परेका बिपत्तिमा सानो भए पनि सहयोग गर्न पाउँदा दाङ देउखुरी समाज यु.ए.ई. खुशी भएको र आउंदा दिनमा पनि यस्ता परिस्थितिहरुमा आफूहरुको साथ र सहयोग संधै रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।  पिडित घरपरिवारले पनि यस्तो बिपत्तिमा बिदेशमा खुन पसिना एक गरि कमाएर आफ्नो गाँस कटाएर सहयोग गर्ने समाज प्रती आफुहरु सधै ऋणी रहने भन्दै धन्यवाद समेत ब्यक्त गरेका थिए। स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । हालै दाङको गंगा परस्पुर राजपुर गा.वि.स. मा भीषण आगलागिका कारण पिडितहरुलाई नगद तथा खाद्यान्न राहत वितरण गरेको छ । सामाजिक सेवा भावका साथ रोजगारको शिलसिलामा यु.ए.ई. रहेका दाङ्गाली युवाहरुको यो संगठन एक वर्ष अगाडी दखि सुरु गरिएको हो ।
INF दाङले शुक्रवार रातिनै कर्कट पाता वितरणका लागि  कर्कट पाता लिएर नाका तर्फ लागेको छ ।