काठमाडौँ, २ जेठ । स्थानीय तह निर्वाचनको मतगणना कार्यले मङ्गलबारबाट गति लिने भएको छ । आइतबार निर्वाचन सम्पन्न भए पनि अधिकांश स्थानीय तहको मतगणना कार्य सोमबारबाट मात्रै सुरु भएको हो ।

matgadana-750-1निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले पहिलो दिन भएका कारण ढिलोजस्तो लागे पनि मङ्गलबारबाट मतगणनाले गति लिने जानकारी दिनुभयो । उहाँले पहिलो चरणको मतगणना पूरा हुन पाँचदेखि सात दिने लाग्ने बताउनुभयो । आयुक्त पौडेलले मतगणनालाई छिटो अगाडि बढाउन धेरै समूहमा मतगणना हुनुपर्ने र त्यस विषयमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले ध्यान पु¥याउने बताउनुभयो ।
मतपत्र ठूलो हुनु र एउटै मतपत्रमा सातजना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था भएकाले पनि मत गणना गर्न समय लागेको उहाँले बताउनुभयो । संविधानसभा निर्वाचनमा कुनै एक उम्मेदवारलाई छाप लगाउनुपथ्र्यो भने स्थानीय तहको निर्वाचनमा सातजनालाई मत दिनुपर्ने र मतगणना गर्दा पनि सातजना उम्मेदवारले चित्त बुझाउनुपर्ने भएकाले पनि समय बढी लागेको उहाँले बताउनुभयो । एउटा मतपत्रको कुनै एक पदमा विवाद भएमा त्यसले लामो समय लिने भएकाले पनि मतगणनाको कार्य ढिलो हुने भनाइ आयोगको छ ।

एउटा मतपत्रमा अध्यक्ष वा नगरप्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा सदस्य, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यका लागि मतदान भएको थियो । एउटै मतपत्रबाट यी सातजना उम्मेदवार निर्वाचित हुनेछन् । चाँगुको नगरकोटमा पुनः मतदान हुने
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं। ६ को नगरकोटस्थित पुरानो गाविस भवनमा रहेको ‘ख’ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीका अनुसार आयोगले यथाशक्य छिटो मतदान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले आयोगको निर्देशन प्राप्त भएको र मतदान अधिकृतले मङ्गलबार राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी पुनः निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताउनुभयो ।
मतदानका क्रममा २२ वटा मत खसेपछि एकजना मतदाताले मादल चिह्न नपाएपछि त्यहाँ मतपत्रको समस्या देखिएको थियो । गोरखापत्रमा खबर छ । त्यो मतपत्र नवलपरासी पठाउनुपर्नेमा एउटा प्याड भूलवश भक्तपुरको प्याकमा परेका कारण एउटा मतदान केन्द्रमा पुनः मतदान गराउन आयोगले आदेश दिएको हो ।