मतगणना जारी रहेका रुकुमका ५ स्थानीय तहका १५ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ११ वडामा नेकपा माओवादी केन्द्र र ४ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा माओवादीको प्यानलै विजयी भएको छ । १ को अध्यक्षमा टेकबहादुर पुन विजयी हुनुभएको छ । उहाँले ४ सय ४८ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्दी कांग्रेसका खलवहादुर पुनले १ सय ७२ मत पाउनु भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका धर्मबहादुर पुन निर्वाचित हुनुभएको छ । ४ सय २८ मत प्राप्त गरेका पुनका प्रतिद्धन्दी कांग्रेसका रामबहादुर ओलीले १ सय ५३ मत पाउनुभएको छ । वडा नम्बर ३ मा विर्खवहादुर विष्टको प्यानल विजयी हुनुभएको छ । उहाँले ७ सय ६९ मत पाउँदा निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका लिलाधर खड्काले ४ सय १७ मत पाउनुभयो ।
वडा नम्बर ४ मा माओवादीका नरसिङ्घे बुढाथोकी ४ सय ५८ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अर्जुन बिकले २ सय ८७ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ५ मा माओवादी केन्द्रका लाल बहादुर खड्का ३ सय ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी कांग्रेस, एमाले र नयाँशक्तिका संयुक्त उम्मेदवार बिनोद कुमार गौतमले १ सय २८ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ६ मा माओवादीका सर्वजित घर्र्ती अध्यक्षमा निर्वाजित हुनुभएको छ । उहाँले २८८ मत प्राप्त गर्नुभएको हो भने दोस्रोमा रहेका कांग्रेसका चन्द्रवहादुर कुसारीले १ सय २८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिका वडा नम्बर १ र २ मा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर १ को अध्यक्षमा हर्कु मल्ल २ सय १८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी कांग्रेस, एमाले र नयाँ शक्तिका संयुक्त उम्मेदवार कर्णबहादुर मल्लले १ सय ६८ प्राप्त गर्नुभयो । वडा नम्बर २ को अध्यक्षमा धनबहादुर केसी ३ सय ४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी कांग्रेस र नयाँ शक्तिका संयुक्त उम्मेदवार नन्दराम केसीले २ सय ९३ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै चौरजहारी नगरपालीका १४ मा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । उक्त वडाबाट अध्यक्षका उम्मेदवार माओवादीका अतिराम बिष्ट ६ सय ४५ मतका साथ विजयी हुनुभएको छ । दोस्रो स्थानमा रहेका कांग्रेसका थलवहादुर पुनले २ सय ९६ प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रले मुसीकोट वडा नम्बर ४ पनि जितेको छ । जसमा निर्मलकुमार पुन ४०७ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने कांग्रेसले २७६ मत प्राप्त गरेको छ ।
मुसिकोट नगरपालीकाका ३ वडामा भने नेपाली कांग्रेस विजयी भएको छ । मुुसिकोट १, २ र ३ मा कांग्रेसको प्यानलनै विजयी भएको हो । १ मा बिरवल केसी ६ सय १८ मत सहित अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका जंगबहादुर गिरीले ४ सय ९३ मत पाउनुभएको थियो । वडा नम्बर २ को अध्यक्षमा काशीराम खड्का निर्वाचित हुनुभयो । खड्काले ३ सय ७२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका नरबहादुर खड्काले २ सय २२ मत प्राप्त गर्नुभयो । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसबाट भिमवहादुर खड्का २ सय २८ मतका साथ निर्वाचित हुनुभएको छ । दोस्रो स्थानमा रहनुभएका नेकपा माओवादी केन्द्रका रविन्द्रविक्रम केसीले १ सय ९८ मत पाउनुभएको छ ।
त्यस्तै कांग्रेसले त्रिवेणी गाउँपालिका १० जितेको छ । जसमा शेरबहादुर केसीको प्यानल निर्वाचित भएको छ । सिस्ने अनलाइनबाट