काठमाडौं २ जेठ । कांग्रेस र माओवादी केन्द्र बीच सत्तासमीकरण हुनुपूर्व नेपाली कांग्रेस संग भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेष्ठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकाछन ।
पुर्व सहमति अनुसार प्रचण्डले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लागेका हुन् ।
