गोविन्द खड्का
घोराही, २ जेष्ठ । यौन रोग बाट बच्न पुरुषले पनि लिंग सफा गर्नुपर्छ भन्ने तालिम शुरु हुदा कसैलाई थाह थिएन । महिला तथा वालवालिका कार्यालयले घोराहीमा दिएको पा“च दिने पजनन श्वास्थ्य सचेतना तालिममा सफा नगरे रोग लाग्छ भन्ने थाहपाए । कत्ती पनि धक नमानी समापनमा शनिवार खरर्र सुनाए ।
‘पेन्टीहरु हरेक पटक फेर्ने, कुनै किसीमको फोहर भयो भने त्यसलाई नलगाउने त्यस बाट धेरै रोगहरु उत्पन्न हुन्छन्’ भन्ने कुरा यस अघि नजानेको गोबरडिहाका सहभागि योगमाया अधिकारीले सुनाउनु भयो । अघिल्तीर उकहोरिएका सहभागिहरु निकै गम्भीर थिए । पटक पटक सहमतिको मुन्टो ढक्ढकाउ“थे । यौनीवाट सेतोपानी बग्ने, यौनीरस आउने लगाएतका समस्या हुनेले झनै ध्यान दिनु पर्छ । उनिहरुले नियमीत सरसफाई र पेन्टी फेर्नेकाम नगरे कुनै न कुनै रोग लाग्छ ।
यहि कुरा घर परिवार र छर छिमेकमा सुनाउने मुश्किल छ । विभिन्न क्षेत्रका सहभागिहरुको विचमा बोले जस्तो हुन्न । यौन र प्रजनन समाजमा सबै भन्दा लाजलाग्ने पत्रु विषय मानिन्छन् । जति कडाई गरी लुकायो उति महिलाहरु पिडित देखिन्छ । त्यसका लागि स्वाथ्य र सरसफाइका विषय कुनै नाता सम्वन्धले रोकन नहुने धारणा राखे । अलि पाको देखिने राधा केसीले भन्नुभयो, ‘घर परिवार, छरछिमेक हुदै सबैतिर घोलमेल हुदा आफुले जानेका कुरा सिकाउने छौ’ उहाले सिकेका कुरा थप्नुभयो, ‘बच्चा धेरै जन्माउदा, सुत्केरी हुदा स्याहार नपाउदा, महिना वारी र सुत्केरी हुदा उचित आराम नगर्दा, गहुौ भारी उठाउनुपर्दा र शरीर कमजोर भएपछि पाठेघर खस्दो रहेछ ।’
गर्भरहेको ९० दिन देखि बच्चा पाएको ४५ दिन सम्म महिलाले दुई सय २५ आईरन चक्की खाने, गर्भरहेपछि बच्चा पाउनु अघि चार पटक स्वाथ्य संस्थामा जचाउने, सुत्केरी भएको सातदिन भित्र जा“च गराउने । नाभि कुहेर पनि बच्चाको अकालमै मृत्यु हुन सक्छ भन्ने कुरा भिजुयल हेरेर जानेको प्रतिकृया दिए । सहभागि राधा केसिले भन्र्नुभयो ‘यो कुरा हरेक घरका हरेक महिला पुरुषले जान्नुपर्छ’ उहाले थप्नुभयो ‘हामिले लाजमाने समाजमा कसले सिकाउने ?’ उहाका अनुसार तालिममा सिकेको लैंगिक हिंसा, प्रजनन श्वाथ्यका कुराले लाज पचाईदियो । अब आमा समुह, टोलका बैठक लगाएतका जमघटमा पनि जानकारी गराउने छन् ।
कुलतमा फसेर बिग्रीन सक्ने उमेर समुह १० देखि १५ बर्ष हो । यसैबेला किशोरीको अंग परिवर्तन हुन्छ । अनेकौ थरीका कौतुहलता मन भित्र उब्जीन्छन् । जसले जता भन्छ उतै हिन्ने खतरा रहन्छ । यहि कुरा थाह पाउनुलाई महिलाहरुले ठुलो उपलब्धीका रुपमा लिएको बताए । त्यस बेला अभिवावकले यादचेत गर्नु दायित्व ठान्नुपर्छ । त्यस संगै उमेर ढल्केका बुढा बुढिको स्यहार गर्नु पनि कर्तव्य हो भन्ने बुझेको बताए । आफ्नो सिकाई सुनाउन एक पछि अर्कोको उत्सुक थिए । अब समाजमा गएर लाज नमानेरै महिला तथा पुरुष प्रजननका का कुरा गर्न सक्ने बताए ।
दुबै हातले कम्मरमा अडेश लाएर बोल्न उभिनु भएका कमला बस्नेतले सुरक्षित ठाउमा सुत्केरी गराउने कुरा सबै भन्दा बिझेको बताउनुभयो । आफुना पालामा बच्चा पाउदा भोगेको कठिनाईले उत्ुसुक बनाएको बताउनुभयो । छोरी बुहारी सबैलाइ अस्पतालमा मात्रै बच्चा जन्माउन सल्लाह दिने वाचा गर्नुभयो । तिन बर्ष भन्दा कम अन्तरमा बच्चा जन्माए कुपोषित हुने रहेछ भन्ने पनि उहालाई ठिक लाग्योे । आफ्ना आङमा भएका अंग र समस्याका बारेमा तालिम पछि छर्लङ्गै बुझेको जीवनी विकले प्रतिकृया दिनुभयो । मालिका बुढा, सिता चौधरी, विनीता चौधरी लगाएतले प्याड फेर्ने समय, त्यसलाई सफा गर्ने तरीका, विद्यालयमा प्याडको उपलब्धता महत्वपुर्ण रहेको बताउनुभयो । धेरै पटकका तालिम लिए पनि अहिलेको जस्तो कहिल्यै नभएको उनिहरुको टिप्पनी थियोे । प्रशिक्षकले चर्को गर्मिमा पसिना पुच्छदै कत्ति पनि नझर्केर गरेको मेहनत समुदायमा व्यापक बनाएर खेर जान नदिने उनिहरुको वचन थियो ।
सिक्नेहरुले प्रशिक्षकको प्रशंसा मात्रै गरेनन् । सिकाउनकेहरु पनि चासो दिएको प्रति कृतज्ञ थिए । प्रमुख प्रशिक्षक महिला तथा वालवालिका कार्यालयका महिला विकास अधिकृत मोति कुमारी विश्वकर्मा सहभागिहरुले उत्सुकताका साथ, ध्यान दिएर, मनै देखि खुशि भएर सिकेकाले समाजमा उपलब्धी देखिने विश्वास रहेको बताउनु भयो ।
तालिमको अध्यक्षता गर्नुभएका प्रमुख महिला विकास अधिकृत विश्वमणी जोशीले सिकेका कुरा संघार भित्रै नथुन्न सहभागिलाई आग्रह गर्नुभयो । ज्ञान बाडेर बढ्छ भन्दै प्रमख जोशीले पाठेघर खस्ने लगाएत प्रजनन समस्या भएका ठाउमा शिवीर माग गर्न आग्रह गर्नुभयो । आफुले महिला प्रजनन श्वास्थ्यका शिविरको लगी व्यवस्थागर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्ला जनश्वाथ्य कार्यालय वाट पनि प्रशिक्षक सहभागि थिए । कार्यक्रमको सहजीकरण सहभागि अमिना कुमारी थारुले गर्नुभएको थियो ।
