तुलसीपुर २ जेष्ठ । दाङको पश्चिम क्षेत्रका पशुहरुमा अज्ञात रोग देखिएको छ । जसका कारण ८ वटा गाईगोरु मरेका छन् । अज्ञात रोगका कारण स्थानियका ६ वटा गोरु र २ वटा गाई मेरका छन् । रोगको पहिचान हुन नसक्दा किसानहरु चिन्तित बनेका छन् । मलईका स्थानिय भागिरथथ बुढाथोकीका अनुसार घाटी सुनिने र ¥याल कार्ने , मलद्धारबाट रगत आउँने जस्ता लक्षण देखिएका छन् । उक्त रोगका कारण भागिरथ वुढाथोकीको २ वटा गोरू, पुर्ण वहादुर चन्दको एउटा गाई र एउटा गोरू, गंगाराम मल्लको एउटा गाई र एउटा गोरू, मान वहादुर पुनको एउटा गोरु र सोभित वलीको एउटा गोरु मरेको जनाएका छन् ।

किसानहरुको खेती पाति गर्ने समय नजिकिदै गरेको समयमा गोरु मर्दा किसानहरु चिन्तित बनेका छन् । यस बिषयमा जिल्ला पशुसेवा कार्यालय दाङका प्रमुख डाक्टर चन्द्रबहादुर राणाले कार्यालयमा उक्त घटनाका बारेमा जानकारी नआएको बताए । साथै उनले तत्काल रोग प्रभाबित स्थानमा चिकित्सकको टोली खटाउने बताए । सोमबार उक्त स्थानमा चिकित्सक टोली जाने उनले बताए ।त्यहाँका पशुहरुमा देखिएको उक्त रोगका लक्षण हेर्दा भ्यागुते रोग हुन सक्ने अनुमान लगाए । साथै पशुको पछाडिको भाग सुनिने लक्षण चरचरे रोग भएको पनि उनले बताए ।