चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मतगणनासम्बन्धी विवाद समाधान भएको छ । मतपेटिकाभित्र भएको मतलाई सदर मान्ने मतदान केन्द्रको मुचुल्काका आधारमा गणना गर्ने भन्ने विषयमा भएको विवाद साम्य भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता प्रज्वलले दिएको जानकारी अनुसार, दिउँसो दुई बजे बसेको सर्वदलीय बैठकपछि मतगणना सुचारु गर्ने सहमति भएको हो ।
“नेपालको कानुन अनुसार, मतपेटिकाभित्रका सबै मत गणना गर्ने सहमति भएको छ ।” उनले बताए । भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो ।
मत गणना गर्दा मुचुल्का भन्दा केही मत तलमाथि परे बाकसभित्र भएका मत गणना गर्ने तर धेरै फरक परे मान्य नहुने भन्दै दलहरुले बिरोध गरेका थिए । निर्वाचन आयुक्तले भने नेपालको कानुन अनुसार, मत पेटिकाभित्रको सबै मत गणनायोग्य हुनुपर्ने अडान राखेपछि विवाद भएको थियो ।
