सल्यान, १ जेठ । सल्यानको दर्मा गाउँपालिका अपडेट १ दार्मा गाउँपालिका वडा नम्वर ५ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार रामवहादुर केसी ६१५ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै प्यानलकै हिरा खड्का, जयकली विक, निमवहादुर खड्का, सुधिर केसी विजयी भएका छन् । केसीका निकटतम प्रतिद्वन्द्वी एमालेका कुपाराम खड्काले ४९९ मत प्राप्त गरेका छन् । दार्मा गाउँपालिका वडा नं. ६ बाट माओवादी केन्द्रका दुर्गा मल्लसहित उनको प्यानल पनि विजयी भइसकेको छ ।
गाउँपालिकाको पछिल्लो अपडेट माओवादी केन्द्र अध्यक्ष निमबहादुर केसी ‘अरुण’ १३७७ माओवादी केन्द्र उपाध्यक्ष टीका वली शर्मा १३६९ काँग्रेस–एमाले गठबन्धन अध्यक्ष रामचन्द केसी ८५९ काँग्रेस–एमाले गठबन्धन उपाध्यक्ष दलबहादुर केसी ८०१ मत रहेको छ ।